नेपाल टेलिकमको प्रमोसनल अफर, डाटादेखि भ्वाइस प्याकसम्ममा अझै तीन महिना छुट




काठमाडौं। नेपाल टेलिकमले ग्राहकलाई उपलब्ध गराएका विभिन्न प्रमोसनल अफरहरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।
प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो अफर आगामी माघ २४ गतेसम्म कायम रहने टेलिकमले बिज्ञप्तीमार्फत जानकारी दिएको छ ।
टेलिकमले  उपलब्ध गराएका प्याकेजहरु यस्ता छन्:
अल टाइम डाटा प्याकेज
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिन्छ । अल टाइम डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २० एमबी डाटा उपलब्ध गराइएको छ । त्यसैगरी २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

५० रुपैयाँमा १५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १२५ एमबी डाटा, १ सय रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४०० एमबी डाटा, २०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८५० एमबी डाटा र ३०० रुपैयाँमा ३० दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५०० एमबी डाटा उपलब्ध गराइएको छ ।

नाइट डाटा प्याकेज
जिएसएम प्रिपेड/पोष्टपेड तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा नाइट डाटा प्याकेज प्रयोग गर्न सकिन्छ ।  नाइट डाटा प्याकेज अन्तर्गत १५ रुपैयाँमा १५० एमबी डाटा ३ दिन सम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ४५ रुपैयाँमा ५०० एमबी डाटा ७ दिन सम्म र ९० रुपैयाँमा १२०० एमबी डाटा १५ दिनसम्म चलाउन पाइने छ । यो वाहेक २०० रुपैयाँमा ३ जीबी डाटा र ३०० रुपैयाँमा ६.५ जीबी डाटा ३० दिनसम्म चलाउन पाइने छ । नाइट डाटा प्याकेज राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ ।

फोरजी डाटा प्याक
कम्पनीले जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलमा पहिले देखि नै उपलब्ध गराइरहेको फोरजी डाटा प्याकलाई पनि निरन्तरता दिएको छ । यस अनुसार ५० रुपैयाँमा २०० एमबी डाटा ७ दिनका लागि र एकसय रुपैयाँमा ५०० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी  दुर्इसय रुपैयाँमा १२०० एमबी, तीनसय रुपैयाँमा २००० एमबी र पाँचसय रुपैयाँमा ३६०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुने बताइएको छ ।

उपरोक्त फोरजी डाटा प्याक फोरजी नेटवर्क भएका स्थानहरुमा फोरजी मोबाइल सेट भएका ग्राहकहरुलाई लक्ष्यित गरी ल्याइएको हो ।
तथापि भ्वाइस कल हुँदाको समयमा प्राविधिक रुपमा थ्रिजीमा फलब्याक हुने हुँदा उक्त समयमा प्रयोग गर्न मिल्ने गरी प्रत्येक फोरजी डाटा प्याकमै ३० प्रतिशत डाटा भोल्युम टुजी/थ्रिजी नेटवर्कमा समेत प्रयोग गर्न मिल्ने व्यवस्था गरिएको छ । टुजी/थ्रिजी नेटवर्कमा प्रयोग नभएको अवस्थामा भने फोरजी डाटा प्याकको पुरै भोल्युम फोरजी नेटवर्कमै प्रयोग गर्न सकिने  टेलिकमले जनाएको छ ।

नाइट भ्वाइस प्याक
नाइट भ्वाइस प्याक अन्तर्गत २५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट कल सुविधा सात दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

सियुजी प्याकेज
कम्पनीले पहिले देखि नै उपलब्ध गराउदै आएको सियुजी प्याकेजलाई पनि निरन्तरता दिएको छ । कर्पोरेट ग्रुपका विभिन्न समूहलाई उपयुक्त हुने गरी कर सहित चार सय, सात सय, १ हजार, १३ सय र १६ सय रुपैयाँको विभिन्न दरका सियुजी प्याकेजहरु उपलब्ध गराइएको छ । सबैभन्दा सस्तो प्याकेज चारसय रुपैयाँमा उपलब्ध हुनेछ । यस अन्तर्गत सियुजी ग्रुप भन्दा बाहिर कम्पनीकै नेटवर्कमा १५० मिनेट भ्वाइस कल गर्न तथा ३०० एमबी डाटा चलाउन पाइने टेलिकमले जनाएको छ ।

त्यसैगरी सातसय रुपैयाँमा ३०० मिनेट भ्वाइस कल गर्न र ८०० एमबी डाटा चलाउन सकिने छ । यो वाहेक एकहजार रुपैयाँमा ४५० मिनेट भ्वाइस कल गर्न र १५०० एमबी डाटा चलाउन, १३ सय रुपैयाँमा ६०० मिनेट भ्वाइस कल गर्न र २१सय एमबी डाटा चलाउन तथा १६ सय रुपैयाँमा ७५० मिनेट भ्वाइस कल गर्न र २७ सय एमबी डाटा चलाउन पाइने छ ।

सबै प्याकेजमा रहेका ग्रुप सदस्यहरु बीचमा भने असीमित भ्वाइस कल गर्न सकिने छ । जिएसएम पोष्टपेड कर्पोरेट ग्राहकहरुलाई लक्षित  गरी कम्पनीले यो प्याकेज उपलब्ध गराएको हो । कुनै कर्पोरेट हाउसका कमसेकम १० जना जिएसएम पोष्टपेड प्रयोगकर्ता यो प्याकेजमा सहभागी हुन सक्ने टेलिकमले जनाएको छ ।

फेसबुक/इन्स्टाग्राम डाटा प्याक
फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत २५ रुपैयाँमा ११० एमबी डाटा ७ दिन र ५० रुपैयाँमा २३० एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ । त्यसैगरी एकसय रुपैयाँमा ५०० एमबी डाटा र दुर्इसय रुपैयाँमा ११०० एमबी डाटा २८ दिन समयावधिका लागि उपलब्ध हुने बताइएको छ ।

वाउटाइम प्रमोसनल सब्स्क्रिप्सन प्याक
जिएसएम मोबाइलमा लाइभ भिडियो स्ट्रिमिङ सेवाका लागि कम्पनीले गत असोज ३ देखि हालसम्म निःशुल्क उपलब्ध गराउदै आएको वाउटाइम एप्समा प्रमोसनल सब्स्क्रिप्सन अफर उपलब्ध गराइएको छ । अफर अन्तर्गत १ दिनका लागि २४ रुपैयाँ, ७ दिनका लागि ९० रुपैयाँ र ३० दिनका लागि २५० रुपैयाँका विभिन्न सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराइएको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसारको प्याकेज खरिद गरी सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सक्ने  टेलिकमले जनाएको छ ।

स्ट्रिमिङ प्याक (युट्युब/टिभी/भिडियो)
जिएसएम प्रिपेड/पोष्टपेड मोबाइलका लागि स्ट्रिमिङ प्याक अन्तर्गत युट्युब, टिभी र भिडियो चलाउन सकिने भएको छ । यस अन्तर्गत एकसय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुनेछ । यो प्याकेज २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी ६० रुपैयाँमा ५०० एमबी डाटा १४ दिन अवधिका लागि उपलब्ध हुने बताइएको छ ।

भ्वाइस प्याक
जिएसएम तथा सिडिएमए प्रिपेड\पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था छ । त्यसैगरी २५ रुपैयाँमा ३० मिनेटको प्याकेज ३ दिन अवधिका उपलब्ध छ । सो कल नेपाल टेलिकमको नेटवर्क भित्रका लागि मात्र उपलब्ध हुनेछ । डाटा र भ्वाइस तथा फोरजी प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्ने  टेलिकमले जनाएको छ ।

एडिएसएल/एफटिटिएच डाटा प्याक
नेपाल टेलिकमले एडिएसएल/एफटिटिएच सेवाका ग्राहकहरुका लागि उपलब्ध गराएको प्रमोसनल अफरलाई पनि निरन्तरता दिएको छ ।
अफर अन्तर्गत १ एमबिपीएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक  १ हजार रुपैयाँमा उपलब्ध हुने बताइएको छ । त्यसैगरी भोल्युम बेस्ड एडिएसएल अन्तर्गत १५ जीबी डाटा तीनसय रुपैयाँमा उपलब्ध हुनेछ । त्यसैगरी २५ जिबी डाटाको पाँचसय रुपैयाँमा र ४० जिबी डाटाको मूल्य सातसय रुपैयाँ तोकिएको छ । यी डाटाको गति १ एमबिपीएस सम्म हुनेछ । यी सबै डाटा एक महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

भोल्युम बेस्ड डाटाको लागि कर वाहेक तीनसय रुपैयाँ र अनलिमिटेड डाटाको लागि दुर्इसय रुपैयाँ दर्ता शुल्क तोकिएको  बिज्ञप्तीमा उल्लेख छ ।


 

Share this Story

   

नेपाल टेलिकमको प्रमोसनल अफर, डाटादेखि भ्वाइस प्याकसम्ममा अझै तीन महिना छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.