ओप्पोको नयाँ मोडल एक सातामा आउने, पहिलो फुल स्क्रिन मोडलको सेटमा एआर्इ प्रविधिको प्रयोग




काठमाडौै। मोबाइल ब्राण्ड ओप्पोले नेपाली बजारमा नयाँ मोबार्इल सेट सार्वजनिक गर्न लागेको छ। आगामी मंगलबार एक समारोहकाबीच ओप्पोले नयाँ सेल्फी एक्सपर्ट एफ फाइभ सार्वजनिक गर्ने प्रेस बिज्ञप्तीमार्फत जनाएको छ। कार्यक्रममा नेपाल आइडलका उत्कृष्ट तीन गायक सहभागी हुने समेत बिज्ञप्तीमा जनाइएको छ।


नयाँ फोन एफ फाइभ ओप्पोको पहिलो फुल स्क्रिन मोडल भएको कम्पनीले जनाएको छ। यसमा पहिलो आर्टिफिसियल इन्टेलिजेन्सी एआर्इ प्रविधि उपलब्ध भएकोले सेल्फी जमातले मन पराउने अपेक्षा गरेको कम्पनीले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

मोबाइलमा सेल्फीका लागि फ्रन्ट क्यामेरामा आर्टिफिसियल इन्टेलिजेन्सी प्रविधि भएकाले फोटो डाटाबेसबाट फोटोलार्इ झनै आकर्षक बनाउने कम्पनीको दावी छ।

सार्वजनिक हुन लागेको सेट फुल स्क्रिन एफएचडी डिस्प्ले मोडलको हो। यसमा फोनको आकार ठूलो नबनाइकनै उत्कृष्ट दृश्य हेर्न सकिने र उच्च रिजोल्यूसन क्षमता भएको कम्पनीले जनाएको छ।

नेपाली बजारमा आगामी मंगलबार सार्वजनिक गरिने यो सेट बजारमा आगामी बुधबारबाट उपलब्ध हुने कम्पनीले जनाएको छ।

Share this Story

   

ओप्पोको नयाँ मोडल एक सातामा आउने, पहिलो फुल स्क्रिन मोडलको सेटमा एआर्इ प्रविधिको प्रयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.