सिजी मोबार्इलको दुर्इवटा मोडल बजारमा, ९९९ र १,६९९ रुपैयाँ पर्ने मोबार्इलका यस्ता छन् फिचर




काठमाडौं। सि.जी. मोबाइलले सस्तो मोडलको दुर्इवटा मोबाइल सेट बजारमा ल्याएको छ। कम्पनीले एस्ट्रो फाइभ एल र एस्ट्रो मेरो प्लसलार्इ नेपाली बजारमा सार्वजनिक गरेको हो।

यी फोनहरु धेरै फिचरका साथै सस्तो मूल्यमा ल्याइएको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

एस्ट्रो मेरोको सफलतापछि नयाँ एस्ट्रो मेरो प्लसलार्इ बजारमा ल्याएको कम्पनीले जनाएको छ।  

मोबाइलमा डिजिटल क्यामेरा एफ एम टर्च जिपिआरएस एमपिथ्रि एमपिफोर र एकहजार  मिलिएम्पिएर आवर ब्याट्री रहेको बताइएको छ।

यो सेटको बजार मूल्य नौ सय ९९ रहेको कम्पनीले जनाएको छ।


यसैगरी नयाँ मोडल एस्ट्रो फाइभ एलमा वायरलेस एफएम  फ्ल्यास सहितको डिजिटल क्यामेरा एमपिथ्रि एमपिफोर टर्च ब्लुटुथका साथै १८०० मिलिएम्पिएर आवर ब्याट्री रहेको बताइएको छ।

यो सेटको बजार मूल्य १६सय ९९ तोकिएको कम्पनीले जनाएको छ।


बजारमा सार्वजनिक यी दुर्इ मोडलको  १०० दिनको सटही अफर समेत दिइएको कम्पनीले  जनाएको छ।

Share this Story

   

सिजी मोबार्इलको दुर्इवटा मोडल बजारमा, ९९९ र १,६९९ रुपैयाँ पर्ने मोबार्इलका यस्ता छन् फिचर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.