दुरसञ्चार प्राधिकरण कस्सियो पुर्वाधार साझेदारीमा, दुई वटा कम्पनीलाई लाइसेन्स दिने




काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले टेलिकम कम्पनीहरुको पुर्वाधार साझेदारीको प्रकृया अघि बढाएको छ। प्राधिकरणले पुर्वाधार साझेदारी गराउन कानुन बमोजिम योग्यता पुगेका कम्पनीबाट बोलपत्र आह्वान गरेको हो।
 
दुईवटा कम्पनीलाई लाइसेन्स दिने प्राधिकरणले जनाएको छ। यसरी लाइसेन्स पाउने कम्पनीले एउटा टावरबाट दुई वा सो भन्दा बढि कम्पनीका लागि टेलिकम सिग्नल दिने गरि पुर्वाधार खडा गर्नेछ। 
 
एउटै कामका लागि धेरै पुर्वाधार नचाहिने निश्कर्ष साथ प्राधिकरणले साझेदारीको चर्चा लामो समय देखि चलाउँदै आएको थियो। अहिलेको कानुनी व्यवस्था बमोजिम चल्तीमा रहेका टेलिकम कम्पनीको एक प्रतिशत या त्यो भन्दा बढि सेयर स्वामित्व रहेको कम्पनीले पुर्वाधार साझेदारीको लागि आवेदन दिन पाउनेछैन। तर, सरकारको ७५ प्रतिशत बढि स्वामित्व रहेको टेलिकम कम्पनीको सहायक कम्पनीले भने पाउनेछ। यस अनुरुप नेपाल टेलिकमकले कुनै कम्पनी खडा गरेर आवेदन दिन पाउनेछ।
 
'अहीले नेपाल टेलिकम, एनसेल, स्मार्टसेल, युटीएल लगायतका सेवाप्रदायकले एउटै क्षेत्रमा छुट्टाछुट्टै टावर, अप्टीकल फाइवर लगायतका पुर्वाधार निर्माण गर्दै आएका छन्, टेलिकम प्रवक्ता मिनप्रसाद अर्यालले भने- यस्ता कारणले वातावरणमा नकारात्मक प्रभाव, पुर्वाधार निर्माणमा अनावश्यक लगानी, ग्राहकले सेवाको मूल्य धेरै तिर्नु पर्ने लगायतका समस्या समाधानका लागि एकिकृत पुर्वाधार अवधारणा ल्याएका हौँ।’
 
अहीले संसारमा नेटवर्क प्रोभाइडर र सर्भिस प्रोभाइडरको अलग अलग काम गर्ने चलन चलि सकेको उनले बताए। ‘हामीकहाँ पनि जसले नेटवर्क दिने हो उसले नै पुर्वाधार र सेवाको काम पनि गर्नु पर्छ भन्ने छैन’ उनले भने।
 
प्राधिकरणले गत शुक्रबार प्रकाशित गरेको सूचना अनुसार एकिकृत पुर्वाधार सेवाको लाइसेन्स लिन एक महिना भित्र आवेदन दिइ सक्नु पर्नेछ। मंसिर ७ गते टेन्डर खोलिने प्राधिकरणले जनाएको छ। आवेदकले १८ लाख ७५ हजार रुपैयाँको बैंक ग्यारेन्टी सहित आफ्नो प्रस्ताव पेश गर्नु पर्नेछ। साथै ५० हजार फिर्ता नहुने गरि आवेदन शुल्क पनि बुझाउनु पर्ने प्राधिकरणले उल्लेख गरेको छ।


Share this Story

   

दुरसञ्चार प्राधिकरण कस्सियो पुर्वाधार साझेदारीमा, दुई वटा कम्पनीलाई लाइसेन्स दिने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.