'मास्टरमाइन्ड' आदित्य जसले रामदेवको पतन्जलीलार्इ ‘ब्राण्ड’ बनाए, दिए मल्टिनेशनल्सलार्इ टक्कर




बाबा रामदेव र आदित्य पिट्टीको चारवर्ष अघि सामान्य तर असाधारण भेट भयो। सामान्य भेट धेरै अर्थमा असामान्य थियो। दुबैको लुक्स असामान्य। पहिरनमा पनि धेरै नै भिन्नता।
एकातिर दारी पालेका र धोतीमा बेरिएका बाबा रामदेव अनि अर्कातिर लण्डनको प्रतिष्ठित किङ्ग्स कलेजमा पढेका  टिपटप एक युवा आदित्य जो त्यतिबेला मात्र ३० वर्षका थिए।

एकदम फरक परिवेशका यी दुर्इ पात्रबीचको त्यो भेटले सुरु भएको सहकार्यको श्रृंखलाले बाबा रामदेवको आश्रमका उत्पादनहरुलार्इ अर्बौंको कारोबार गर्ने फास्ट मुभिङ कन्जुमर गुड्स 'पतन्जली'को रुपमा स्थापित गरिदियो।

भारतको प्रख्यात एफएमसीजी ब्राण्ड पतन्जली सन् २०१३ मा मुश्किलले एक हजार करोड भारतीय रुपैयाँको कारोबार गर्ने कम्पनी थियो। रामदेवका अनुयायीहरुमाझ मात्र सिमित उत्पादनले आज बार्षिक दशहजार करोड भन्दा माथिको कारोबार गरिरहेछ।

पतन्जलीको एकमात्र डिस्ट्रिब्यूटर पिट्टी ग्रुपको रेभेन्यू पनि  शून्यबाट १२ सय करोड भारतीय रुपैयाँ भएको छ। पिट्टी ग्रुप तिनै युवा आदित्यको हो जसले पतन्जलीलार्इ बजारमा मल्टिनेशनल्सका प्रतिश्पर्धी ब्राण्डको रुपमा स्थापित गराए।

सन् १९९१ मा स्थापना भएको पिट्टी ग्रुपका सिइओ आदित्यका पिताको बाबा रामदेव र  पतन्जलीका सिइओ आचार्य बालकृष्णसँग पुरानो चिनजान थियो। जब आदित्यले पतन्जलीको ब्राण्ड स्थापित गर्नेबारे संगठित च्यानलबाट सप्लाइ चेन नेटवर्कको सिंगल विन्डो बनाउने प्रस्ताव लिएर गए बाबा रामदेवले ओके गरे।

रियल स्टेट, टेलिभिजन तथा अन्य चेन बिजनेसमा संलग्न आदित्यले पतन्जलीको ब्राण्ड स्थापित गरी आफ्नो क्षमताको परिचय दिए।
आदित्यका पिता कृष्णकुमार पिट्टी बाबा रामदेवका अनुयायी हुन्।

सन् १९९७ मा सानो फार्मेसीबाट सुरु भएको पतन्जली चार वर्षअघि पिट्टी  ग्रुपसँग साझेदारीको बलमा नै भारतमा मल्टिनेशनलहरुलार्इ स्पष्ट चुनौती दिन सफल भएको छ। आदित्यको रणनीतिकै कारण पतन्जली आफ्ना उत्पादनहरुलार्इ आरोग्य केन्द्रहरु तथा चिकित्सालयको नेटवर्कबाट बाहिर लैजान सफल भयो।

पतन्जलीको मोर्डन ट्रेड डिस्ट्रिब्यूटर पिट्टी ग्रुपले सुपरमार्केटहरुमार्फत पतन्जलीका उत्पादनहरुलार्इ भारतीय उपभोक्ताहरु माझ फैलायो। यसले सस्तो दरको बिज्ञापन नीति अपनाउनुका साथै राष्ट्रबादी भावनालार्इ पनि क्यास गर्यो।

पतन्जलीको जनरल ट्रेड पार्टनर पिट्टी ग्रुपले पतन्जलीका उत्पादनहरु अन्य कम्पनीको तुलनामा धेरै नै प्राकृतिक तथा स्वस्थकर रहेको छवि निर्माणको प्रयास गर्यो र यसमा सफल पनि भयो। अहिले कम्पनीसँग दशहजार फ्रेन्चाइजी स्टोरहरुको नेटवर्क छ। यसका उत्पादनहरु सयौं डिस्ट्रिब्यूटर्सका माध्यमबाट लगभग दश लाख किराना स्टोर्सबाट भारतमात्र नभइ नेपालमा समेत बिक्री वितरण भैरहेको छ।
आचार्य बालकृष्णका अनुसार आदित्यले बाबा रामदेवको चुनौतीलार्इ स्वीकार गर्दै आफ्नो क्षमतालार्इ प्रमाणित गरिदिएका छन्।

बालकृष्ण भन्छन् – ‘उनीले सुरुमा अलि धेरै समय लिए तर छिट्टै नै उनको रणनीतिले सफलता पायो। उनले हाम्रो भरोसालार्इ जिते अनि हामीले पनि जिम्मेवारीहरु थपिदियौं। आदित्य मेहनती र इमान्दार छन्। उनले पतन्जलीलार्इ राम्ररी बुझेका छन्।’

पतन्जलीका लागि स्थापित हुनु सजिलो थिएन। एकजनाको मुखले गरेको विज्ञापनका भरमा कुनै पनि सामाग्री यति धेरै मात्रामा बिक्ने थिएन।
बजारमा ठूलो मात्रामा डिस्काउन्ट दिएर सामान बेच्ने जमानामा पतन्जलीको जिरो डिस्काउन्ट फिलोसफी लार्इ सफल बनाउनु पनि आदित्यको डिस्ट्रिब्यूसन च्यानलको ठूलो सफलता हो। (एजेन्सीको सहयोगमा)
 
 

Share this Story

   

'मास्टरमाइन्ड' आदित्य जसले रामदेवको पतन्जलीलार्इ ‘ब्राण्ड’ बनाए, दिए मल्टिनेशनल्सलार्इ टक्कर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.