सिप्रदीले सुरक्षित र इन्धन मितब्ययी तालिम दिँदै, देशभरका १२ सय चालकलार्इ तालिम दिने लक्ष्य

बिजमाण्डू
२०७४ कात्तिक १६ गते २०:०५ | Nov 2, 2017
काठमाडौं।सिप्रदीयन सहायता संस्था र सिप्रदी ट्रेडिङले सुरक्षित तथा इन्धन मितब्ययी चालक तालिम दिन थालेको छ।

Tata
GBIME
Nepal Life

विहिवारदेखि सुरु भएको यो तालिम कात्तिक २२ गतेसम्म संचालन हुने कम्पनीले जनाएको छ।कम्पनीले काठमाडौं,इटहरी,वीरगंज,नेपालगंज,पोखरा र बुटवलमा यो तालिम दिनेछ।कम्पनीका अनुसार १२ सय चालकलार्इ तालिम दिने योजना बनाएको छ।

बढ्दो सवारी दुर्घटनालार्इ ध्यानमा राखेर तालिम दिन लागेको कम्पनीले जनायो।इन्धन खपत कम गर्ने र गाडीको क्षमता अभिवृद्धि गर्ने बारेमा तालिम दिइने कम्पनीले जनायो।संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिप्रदीले सन् २०१२मा सिप्रदीयन सहायता संस्था स्थापना गरेको हो।