प्रधानमन्त्रीको निर्देशनपछि तेलको मूल्यवृद्धि फिर्ता, मूल्य घटाउन संचालक समितिको हस्तक्षेप

बिजमाण्डू
२०७४ कात्तिक १६ गते १०:२४ | Nov 2, 2017

काठमाडौं।सरकारको दबाबपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ।

Tata
GBIME
Nepal Life

निगमले विहिवारदेखि लागु हुने गरि पेट्रोल,डिजेल,मट्टितेल र एलपी ग्यासको मूल्य बढाएको थियो।निगम उच्च स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालेनै तत्काल मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएपछि विहिवार बसेको संचालक समितिले मूल्यवृद्धि फिर्ता लिइएको हो।विहिवार विहान आकस्मिक रुपमा निगम संचालक समितिको बैठक बसेर मूल्यवृद्धि फिर्ता लिइएको हो।

मूल्य घटबढको सबै अधिकार निगम व्यवस्थापनलार्इ दिइएको थियो।तर विहिवार आकस्मिक रुपमा संचालक समितिको बैठक बसेर मूल्य घटाउने निर्णय भएको हो।तेलको मूल्य बढाउँदा निर्वाचनमा प्रत्यक्ष असर पर्ने भन्दै प्रधानमन्त्रीले मूल्य घटाउन निर्देशन दिएका हुन्।

निगमले पेट्रोल,डिजल र मट्टितेलमा क्रमश:दुर्इ रुपैयाँ र डेढ रुपैयाँ मूल्य बढाएको थियो भने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको थियो।मूल्य यथावत राख्ने निर्णयले निगमको घाटा २० करोड भन्दा माथि पुग्नेछ भने आपूर्ति समेत प्रभावित हुनेछ।निगमलार्इ अहिले पनि डिजल एक लिटरमा २ रुपैयाँ २५ पैसा र ग्यास एक सिलिण्डरमा २ सय ४० रुपैयाँ घाटा छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै गएकोले निगमको घाटा चुलिँदै जानेछ।घाटा बढेपछि निगमले तेल आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशन(आइओसी)लार्इ बक्यौंता तिर्न नसक्ने अवस्था आउन सक्छ।तेलको बक्यौंता नतिरे आइओसीले समेत आपूर्ति घटाउँदै जान्छ त्यसले नेपालमा अभाव सिर्जना गर्नेछ।