महिन्द्रा गाडीका लागि सुरु भयो मोबाइल सर्भिस, उपत्यकामा गाडी विग्रिएकै स्थानमा मर्मत हुने




काठमाडौं।अग्नि समूहको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्सले महिन्द्रा गाडीको लागि मोबाइल सर्भिस सुरु गरेको छ।

उपत्यकाको कुनैपनि स्थानमा महिन्द्रा गाडी विग्रिएमा दक्ष प्राविधिक टोलीले त्यही पुगेर मर्मत गर्ने कम्पनीले जनायो।अग्नि समूहका अध्यक्ष क्याविनेट श्रेष्ठ,महिन्द्रा एण्ड महिन्द्राका कन्ट्रि हेड काणलकर चैतन्य र कन्ट्री म्यानेजर तपश पट्टनायकले मोबाइल भ्यान र मोबाइल सर्भिस वाइकको साँचो हस्तान्तरण गरे।

मोबाइल सर्भिसमा गाडी मर्मतका लागि आवश्यक पर्ने सबै मेसिन तथा औजार रहेको कम्पनीले जनाएको छ।बालाजु अटोवर्कका सर्भिस हेड शिवसुदन श्रेष्ठले गुणस्तरीय एवं ग्राहकमुखी सेवा दिन मोबाइल सर्भिस सुरु गरेको बताउँदै निकट भबिष्यमा नेपालका अन्य शहरहरुमा समेत मोबाइल सर्भिस सुरु गर्ने जानकारी दिए।
 
 

Share this Story

   

महिन्द्रा गाडीका लागि सुरु भयो मोबाइल सर्भिस, उपत्यकामा गाडी विग्रिएकै स्थानमा मर्मत हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.