सेकेण्ड ह्याण्ड गाडी बिक्रीमा नौलो स्किम, तीन लाख रुपैयाँ धरौटी राखेर वर्षभरि गाडी चढ्नुस




काठमाडौं।कार चढ्न चाहनेका लागि नौलो स्किम सुरु भएको छ।तीन लाख रुपैयाँ धरौटी राखेर एक वर्षसम्म गाडी चढ्न पाउने नौलो स्किम सुरु भएको हो।



सेकेण्ड ह्याण्ड गाडी बिक्री गर्दै आएको तेज एण्ड करण इन्टरप्राइजेजले तीन लाख रुपैयाँ धरौटी राखेपछि एक वर्ष गाडी चलाउन पाइने स्कीम ल्याएको हो।तर एक वर्षमा गाडी फिर्ता वा बिक्री गर्न चाहेमा कम्पनीलार्इ २५ हजार रुपैयाँ बुझाउनुपर्छ।कम्पनीले पूराना नामसारी गर्न नमिल्ने गाडीमा मात्रै यो सुविधा दिएको छ।

‘गाडी चढ्न रहर हुनेहरुका लागि कम्पनीले यो विकल्प ल्याएको हो।हामीले ल्याएको यो स्किममा राम्रो भइरहेको छ’कम्पनीकी बिक्री व्यवस्थापक संगिता पुडासैनीले बिजमाण्डूसँग भनिन्।उनका अनुसार पूराना मारुतीको अल्टो,हुण्डार्इको स्यान्ट्रो र टाटाको इण्डिकाको बिक्री अत्याधिक रहेको छ।
सन् २००१ देखि सन् २०१७ सम्मका विभिन्न कम्पनीका गाडी बिक्रीका लागि राखिएको उनले बतार्इन्।नामसारी गर्न मिल्ने सेकेण्ड ह्याण्ड गाडी किन्दा समेत कम्पनीले नयाँ गाडी किनेको जस्तै सर्भिसिङको सुविधा दिएको छ।

कम्पनीले कुनै सेकेण्ड ह्याण्ड गाडी किनेमा २ वर्षको इन्जिन गेयर वक्स ग्यारेन्टी, १५ पटक सर्भिसिङ र ६ महीनाभित्र गाडी वेच्न पाउने प्रावधान राखिएको पुडासैनिले वताइन्। ग्रहकवर्गहरुले उक्त स्किम अन्तर्गत दुई वर्षको अवधिमा गाडी फिर्ता गर्दा अथवा कम्पनीबाटै विक्री गर्दा जीपमा  ५० हजार रुपैयाँ र कारमा २५ हजार रुपैयाँ बुझाइ बाँकी रकम फिर्ता लिन सक्ने उनले बताइन्।

बाबा बसेरा अटो ग्रुपले न्यूनतम ३ लाख ४० हजार रुपैयाँ देखि ५० लाख रुपैयाँसम्म  पर्ने विभिन्न कम्पनीका गाडी विक्रीमा राखेको कम्पनीका निर्देशक राकेश खड्गीले बताए। 'हामीसँग सन् २००१ देखि सन् २०१६ सम्मका सेकेण्ड ह्याण्ड गाडी उपलव्ध छन्' उनले भने।कम्पनीले सेकेण्ड ह्याण्ड गाडी किन्दा अटोलोनको समेत व्यवस्था गरेको उनले बताए।

'बैंकको क्राइटेरिया अनुसार हामीले अटोलोनको लागि सहजीकरणको व्यवस्था गरेका छौं, खड्गीले भने, इन्स्योरेन्सको समेत कम्पनीलेनै सहजीकरण गर्दै आएको छ।‘नेपाल ह्विल्स  प्राइभेट प्रालीले  ५ लाख रुपैयाँ देखि डेढ करोड रुपैयाँ सम्मको विभिन्न कम्पनीका गाडी बिक्रीका लागि राखिएको विक्री व्वस्थापक साधुराम ढकालले बताए।

गाडी खरिद गर्दा ग्राहकले सुरुमै वर्कशपमा राम्रोसँग जाँच गर्नुपर्ने प्रावधान रहेको उनले बताए।कम्पनीका अनुसार सन् १९९९ देखि सन् २०१६ सम्मका सेकेण्ड ह्याण्ड गाडी बिक्रीका लागि राखिएको छ।

 
 
  
  

Share this Story

   

सेकेण्ड ह्याण्ड गाडी बिक्रीमा नौलो स्किम, तीन लाख रुपैयाँ धरौटी राखेर वर्षभरि गाडी चढ्नुस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.