गुल्मीको धुर्कोटले फ्रि वाइफाइ योजना सार्बजनिक गर्यो, अब सरकारी काम अनलाइनबाटै गर्न सकिने

बिजमाण्डू
२०७४ कात्तिक ५ गते ०९:३९ | Oct 22, 2017
गुल्मीको धुर्कोटले फ्रि वाइफाइ योजना सार्बजनिक गर्यो, अब सरकारी काम अनलाइनबाटै गर्न सकिने
रुपन्देही। सिडिएमए टेलिफोनले समेत राम्रोसँग काम नगर्ने गुल्मीको धुर्कोटमा अब छिट्टै गाउँपालिकाले फ्रि वाईफाई सेवा विस्तार गर्ने भएको छ। 
 
कार्यभार सम्हालेको सय दिनमा आफुहरुले गरेका कामका बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट कार्यक्रममा धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेलले फ्रि वाइफाइको योजना सार्वजनिक गरेका हुन्। 


 
'एक महिना भित्रमा जैसीथोक वरवोटमा रहेको गाउँपालिका वरीवरी फ्रि वाईफाई सेवा जनतालाई दिने गरी काम सुरु भईसकेको छ,' उनले भने, 'क्रमशः वडा कार्यालय वरिपरी पनि फ्रि वाईफाई सेवा दिईने योजनामा लागेका छौं।' चुनावी घोषणा पत्रमा पनि बाइफाइको योजना राखिएको थियो। 
 
त्यस्तै सरकारी कामकाज अनलाईनबाटै गर्ने गरी काम सुरु भएको समेत पोखरेलले बताए। ‘ प्रत्येक वडामा के काम भई रहेको छ?  त्यो अनलाईनबाटै नियाल्न सकिने,  दिनभरीको काम साँझ गाउँपालिकाको कार्यालयमा वडाले रिर्पोटिङ्ग गर्ने ब्यवस्थासँगै अब तथ्याङक कागजमा मात्र होईन अनलाईनमा पनि हुने छ,' उनले भने। 
 
कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सांसद रुद्रमणी शर्मा भन्डारीले गाउँपालिकाको कामले पारदर्शीता ल्याउने बताए। 
 
कांग्रेसका युवा नेता छन्दबहादुर पहराईले वाइफाइ योजनालाई 'हुने विरुवाको चिल्लो पात' को संज्ञा दिए। 

Tata
GBIME
Nepal Life