लक्ष्मी पूजाको दिन भक्तपुर सब स्टेशनको ट्रान्सफरमरमा समस्या आयो, कुलमान आफैं साइटमा जाँदै

बिजमाण्डू
२०७४ कात्तिक २ गते १४:३८ | Oct 19, 2017
काठमाडौं । लक्ष्मी पूजाको दिन नेपाल विद्युत प्राधिकरणको भक्तपुर सबस्टेसन स्थित १३२/११ केभी २२.५ एमभिए ट्रान्सफरमरमा समस्या आएको छ। ट्रान्सफरमरको सर्किट ब्रेकरमा समस्या देखिएपछि मर्मत टोली खटि सकेको प्राधिकरणले जनाएको छ। 
 
अहिले ४५ एमभिए अन्तर्गत बिद्युत आपूर्ति रोकिएको छ। मर्मत टोलीले जतिसक्दो चाँडो बनाएर बिजुली सूचारु गर्ने प्राधिकरण प्रवक्ता प्रवल अधिकारीले फेसबुक मार्फत जानकारी दिएका छन्। समस्या समाधानका लागि काममा तीब्रता दिन प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ स्वयं साइटमा जान लागेको उनले उल्लेख गरेका छन्। 
 

Tata
GBIME
Nepal Life