नेप्सेमा सूचीकृत सस्तो मूल्यका कम्पनी, लगानीकर्ताका लागि लक्ष्मी भित्र्याउने सुलभ अवसर!

बिजमाण्डू
२०७४ कात्तिक २ गते ११:३१ | Oct 19, 2017
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भदौ मसान्तसम्म सूचीकृत १९६ कम्पनीमध्ये झन्डै दूई दर्जनको मूल्य अंकित मूल्य भन्दा केही माथि मात्र छन्। २२ कम्पनीको शेयर मूल्य २०० रुपैयाँ भन्दा तल रहेको हो।
 
न्यून शेयर मूल्य हुनेमा धेरै फाइनान्स कम्पनी छन्। त्यस पछि जलबिद्युत र विकास बैंक छन्। 
 
सबैभन्दा न्यून मूल्य नेशनल हाइड्रोपावरको प्रति शेयर १३३ रुपैयाँ रहेको छ। यस्तै वर्ल्ड मर्चेन्ट फाइनान्सको १३८ एवं मल्टी पर्पोज फाइनान्सको १३९ रुपैयाँ मूल्य रहेको छ।
 
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम पूँजी बृद्धि गरे पछि मूल्य समायोजन हुँदा वित्तिय संस्थाहरुको मूल्य २०० रुपैयाँ तल आएको हो। त्यस बाहेक लामो समय संकटग्रस्त अवस्थामा रहेको सुधार थालिएका कम्पनीको शेयर मूल्य पनि २०० रुपैयाँ भन्दा न्यून छ। 
 
फाइनान्स तथा विकास बैंकहरु गाभिने क्रममा रहेको हुँदा यी शेयर लगानीकर्ताका लागि लाभदायक हुन सक्छन्। अहिले थोरैमा किनेको यस्ता शेयरले मनग्ने प्रतिफल दिनसक्छ। थोरै रकममा धेरै शेयर आउने हुँदा साना लगानीकर्ताका लागि पनि यी कम्पनीको शेयर अवसर हुनसक्छ।
 

Tata
GBIME
Nepal Life