को बन्ला अबको मुख्यसचिव? तीन सचिवबीच रस्साकस्सी, ‘पहुँचवाला’ लोकदर्शन

बिजमाण्डू
२०७४ कात्तिक २ गते १०:१८ | Oct 19, 2017
को बन्ला अबको मुख्यसचिव? तीन सचिवबीच रस्साकस्सी, ‘पहुँचवाला’ लोकदर्शन
काठमाडौँ। अबको एक सातामा मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले अनिवार्य अवकाश पाउँदैछन्। तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी कार्यकाल समाप्त हुनुअघि नै एडीबीको जागिरमा जान राजीनामा दिएपछि क्षेत्री मुख्य सचिव भएका थिए। असार २९ गते क्षेत्री मुख्यसचिव भए पनि उनले कात्तिक ७ गते अनिवार्य अवकाश पाउन लागेका हन्।


 
क्षेत्रीको अवकाशको समय आएसँगै वरिष्ठतामा अघि रहेका सचिवहरुले भावी मुख्यसचिवका लागि लविङ बढाएका छन्। राजनीतिक रुपमा समेत लविङ गरिरहेका सचिवहरुमध्ये मुलुकको सार्वजनिक प्रशासनको सर्वोच्च निकायमा कसले बाजी मार्ला ? चासोको विषय बनेको छ।
 
यी हुन आकांक्षी
तत्कालीन मुख्यसचिव सुवेदीले राजीनामा दिएपछि मुख्यसचिवको दौडमा हरेका सचिवहरु नै अहिले पनि मुख्यसचिव दौडमा छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवद्वय शंकरप्रसाद अधिकारी र ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको दौडमा छन्।
 
यस्तै अघिल्लो पटक नै मुख्यसचिवका प्रवल दाबेदार भनिएका गृहसचिव लोकदर्शन रेग्मी पनि मुख्यसचिवको दौडमा छन्। राजनीतिक लविङ निर्णयक बने रेग्मीको सम्भावना बलियो छ।
 
दुई सचिव पनि रिक्त
मुख्य सचिवको दौड सुरु भएसँगै दुई सचिवको पद पनि रिक्त भएको छ। अर्थ र शिक्षा मन्त्रालयका सचिवले अवकाश पाइसकेका छन्। दुबै रिक्त सचिवमा पनि वरिष्ठताका आधारमा सचिव नियुक्ति हुनेछन्।
 
शिक्षा सचिव शान्ताबहादुर श्रेष्ठ र अर्थ सचिव शान्ताराज सुवेदीको विदाई भइसकेको छ। यसअघि दुबैले मुख्यसचिवमा दाबेदारिता प्रस्तुत गरेका थिए।

Tata
GBIME
Nepal Life