विश्वका सम्मान्नित कम्पनी सूचीमा कार्ल्सबर्ग छैटौँ स्थानमा, एपललाई उछिन्यो, पहिलो सियामेन्स

बिजमाण्डू
२०७४ कात्तिक १ गते १८:०५ | Oct 18, 2017
विश्वका सम्मान्नित कम्पनी सूचीमा कार्ल्सबर्ग छैटौँ स्थानमा, एपललाई उछिन्यो, पहिलो सियामेन्स
काठमाडौं । विश्वका सम्मान्नित कम्पनीको सूचीमा कार्ल्सबर्ग छैटौँ स्थानमा परेको छ। फोर्ब्स म्यागजिनले प्रकाशित गरेको ‘ग्लोबल २००० : टप रिगार्डेड कम्पनीज’ मा एपललाई समेत उछिन्दै डेनिस कम्पनी कार्ल्सबर्ग छैटौँ स्थानमा समाबेस भएको हो। 

Tata
GBIME
Nepal Life


 

सन् १८४७ मा जेसी ज्याकोब्सेनले स्थापना गरेको ब्रुअरीले अहिले विश्वप्रसिद्ध ब्रान्डका बियर उत्पादन गर्दै आएको छ। कार्ल्सबर्ग ग्रुप अन्तर्गत उत्पादित कार्ल्सबर्ग अलावा बाल्टिका र टुबोर्ग युरोपका उत्कृष्ठ आठ बियर ब्राण्डमा पर्छन्। 
 
कार्ल्सबर्ग ग्रुप अन्तर्गत अहिले ४१ हजार जनशक्ति कार्यरत छन्‍ भने १५० मुलुकमा कम्पनीका उत्पादन बिक्री हुन्छन्।

नेपालमा सन् १९९५ मा कम्पनीको प्रवेश भएको थियो। नेपालमा कार्ल्सबर्गले गुणस्तर एवं विशिष्टता पृथक पहिचान बनाइ सकेको कम्पनीद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ।

नेपालमा ६५० मिलिलिटरको बोतल र ५०० मिलिलिटरको क्यानमा कार्ल्सबर्ग बियर उपलब्ध छ। आफ्नो विशिष्टतामा कहिल्यै कुनै सम्झौता नगर्ने कम्पनीले जनाएको छ।
 

सम्मान्नित कम्पनीको सूचीमा पहिलो स्थानमा जर्मनीको सियामेन्स परेको छ। आईफोन उत्पादक एपलले सातौँ स्थानमा छ।