सनराइज बैंकसहित चार लघुवित्तले बोलाए साधारणसभा, कुन संस्थाको एजिएममा के छन् एजेण्डा?

बिजमाण्डू
२०७४ कात्तिक १ गते १०:४१ | Oct 18, 2017
काठमाडौं। सनराइज बैंक, वोमी माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त र गुराँस लघुवित्त वित्तीय संस्थाले साधारणसभा बोलाएका छन्।
 
सनराइज बैंकले कात्तिक ३० गते वार्षिक साधारणसभा बोलाएको छ। बैंकको संचालक समितिले सधारणसभामा चुक्ता पूँजीको १५ प्रतिशतबाट हुन आउने एक अर्ब ६ करोड रुपैयाँको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ। बैंकले हकप्रद जारी गर्दा नविकेको हकप्रदको लिलामबाट कायम भएका शेयर धनीहरुलार्इ पनि प्रस्तावित बोनस शेयर वितरण गर्ने भएको छ।
 
बैंकले साधारणसभा प्रयोजनका लागि कार्तिक १३ गतेदेखि साधारणसभा सम्पन्न नभएसम्मको लागि बुक क्लोज गर्ने भएको छ। साधारणसभाले संस्थापक शेयरधनीको तर्फबाट तीन जना संचालकको निर्वाचन गर्ने भएको छ। बैंकले गत जेठमा जारी गरेको ३० प्रतिशत हकप्रदपछि चुक्ता पूँजी ७ अर्ब ८ करोड रुपैयाँ पुगेको छ। बैंकको संचालक समितिले प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर वितरण गरेपछि चुक्ता पूँजी आठ अर्ब १५ करोड पुग्ने भएको छ। 
 
वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले कार्तिक ३० गते छैठौं बार्षिक साधारणसभा बोलाएको छ। सधारणसभाले संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २० प्रतिशतबाट हुन आउने एक करोड २९ लाख रुपैयाँ बोनस शेयर वितरण गर्ने छ। सधारणसभाले कर प्रयोजनको लागि चुक्ता पूँजीको १.०५२ प्रतिशतबाट हुने आउने छ लाख ८२ हजार रुपैयाँ नगद लाभांसको प्रस्ताव स्वीकृत प्राप्त गर्ने छ। 
 
साथै संस्थाले बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गर्ने भएको छ। संस्थाले बार्षिक साधारणसभा प्रयोजनका लागि कार्तिक १६ देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ। 
 
यसैगरी नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले कार्तिक २४ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले सधारणसभाबाट आफ्नो तीन जिल्ला रहेको कार्य क्षेत्र ४ देखि १० जिल्लामा क्रमश विस्तार गर्ने विशेष प्रस्ताव गर्ने छ। यसको लागि संस्थाले आफ्नो प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने भएको छ।
 
गुराँस लघुवित्त वित्तीय संस्थाले हाल कायम भएको चुक्ता पूँजी दुर्इ करोड ८० लाख रुपैयाँको २ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने भएको छ। हकप्रद जारी गरेपछि संस्थाको चुक्ता पूँजी चार करोड २० लाख रुपैयाँ पुग्ने छ।
 
संस्थाले सर्बसाधारण समुहको लागि छुट्याएको चुक्ता पूँजीको ३० प्रतिशतका दरले हुन आउने एक लाख ८० हजार कित्ता प्राथमिक सेयर जारी गर्ने भएको छ। 

Tata
GBIME
Nepal Life