दूधको मूल्य बढेपछि अधिकांश मिठार्इका परिकारको मूल्य बढ्यो, किलोमै २०० रुपैयाँसम्म मूल्य बढ्यो

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ असोज ३१ गते १६:२३ | Oct 17, 2017
दूधको मूल्य बढेपछि अधिकांश मिठार्इका परिकारको मूल्य बढ्यो, किलोमै २०० रुपैयाँसम्म मूल्य बढ्यो

काठमाडौं।तिहारमा मिठार्इका लागि अतिरिक्त पैसा छुट्याउनुपर्ने भएको छ।दूधको मूल्य बढेपछि अधिकांश मिठार्इको मूल्य बढेको छ।तीन महिना अघि दूधको मूल्य लिटरमा ६ रुपैयाँ बढेको थियो।

Tata
GBIME
Nepal Life


अधिकांश मिठार्इ दूधबाट बन्ने भएकोले मूल्यवृद्धि भएको हो।गत वर्षको भन्दा सबै मिठार्इको मूल्य किलोमै दुर्इ सय रुपैयाँसम्म बढेको छ।
कमलादीस्थित सजनगोठका व्यवस्थापक रामप्रसाद घिमिरेले सबै मिठार्इको मूल्य बढेको बताए।

‘दूधबाट बन्ने मिठार्इको मूल्य प्रतिगोटा दुर्इ रुपैयाँ मूल्य बढेको छ,उनले बिजमाण्डूसँग भने।घिमिरेका अनुसार रसवरी, लालमोहन, रसमलार्इ,  कलाकन्द, कालाजामुन, गुनचक्की लगायतका मिठार्इको मूल्य भने यथावत छ।दुधवरी, लड्डू, पेडा, काजु वर्फी, वर्फी लगायतका मिठाइहरुमा दुर्इ रुपैयाँ बढेको उनले बताए।

सजनगोठमा मिठार्इको मूल्य  
मिठाइ परिमाण मूल्य  
रसवरी प्रति वटा ३४  
लालमोहन प्रति वटा ३६  
कलाकन्द प्रति वटा ३२  
कानपुरी लड्डु प्रति वटा ३२  
काजु वर्फी प्रति वटा ३४  
बदाम वर्फी प्रति वटा ३४  
खुवा वर्फी प्रति वटा ३२  
मावा अन्जिर कट प्रति वटा ३२  
बदाम पिस्त  रोल प्रति वटा ५५  
मथुरा पेडा प्रति वटा २५  
सादा पेडा प्रति वटा २३  
वेसन लड्डु प्रति वटा ५०  
नाग पेडा प्रति वटा ५०  
सुगर फ्री पेडा प्रति वटा ३८  
चमचम प्रति वटा ६०  
बालुशाही प्रति वटा ५५  
काला जामून प्रति वटा ४०  
कच्चा गोला प्रति वटा ६०  
रसमाधुरी प्रति वटा ९५  
मिक्स मिठाइ प्रति किलो १४००  
जलेवी प्रति वटा २४  
रसमलार्इ प्रति वटा ६५  
वुनिया लड्डु प्रति वटा ५०  
सादा पेडा ठूलो प्रति वटा ४५  
बुनियाँ प्रति कीलो १०००
 


 संगम स्विट्सका व्यवस्थापक सुरेशबहादुरले भण्डारीले दूधबाट बन्ने मिठार्इ किलोको एक सयदेखि दुर्इसय रुपैयाँसम्म बढेको बताए।उनका अनुसार खुवासहितको मिठार्इ किलोको एक सय र काजुखुवा तथा काजुसहितको मिठाइको मूल्य किलोमा दुर्इ सय रुपैयाँ बढेको छ।

संगम स्विट्समा मिठाइका दरभाउ
मिठाइका दरभाउ परिमाण मूल्य मिठाइका दरभाउ परिमाण मूल्य
रसवरी प्रति वटा ३० मोतिपाक वर्फी प्रति किलो १०००
लालमोहन प्रति वटा ३५ वदम वर्फी प्रति किलो १४५०
राजभोग प्रति वटा ४५ कोकोनट वर्फी प्रति किलो १०००
रसमलार्इ प्रति वटा ५५ खुवा चोको वर्फी प्रति किलो १०००
मलाइ चमचम प्रति वटा ५५ ह्वाइट पेडा प्रति किलो १०००
रसमाधुरी वति प्रति वटा ७० ब्राउन पेडा प्रति किलो १०००
राव्डी कप प्रति वटा ७० राजस्थानी पेडा प्रति किलो १०००
वुनियाँ प्रति किलो ९०० कलाकन्द प्रति किलो १०००
मिनी लालमोहन रसवरी प्रति किलो ९०० सुगरफ्री कलाकन्द प्रति किलो १२००
प्लेन खुवा वर्फी प्रति किलो १००० मोतिचुर लड्डु प्रति किलो ९००
वदाम पिस्ता वर्फी प्रति किलो १००० कानपुरी लड्डु प्रति किलो ९५०
रोस्टेड वर्फी प्रति किलो १००० वुन्दी लड्डु प्रति किलो १०००
कालाजामुन प्रति वटा ४० कोकोनट लड्डु प्रति किलो १०५०