तिहारका लागि नेपाल टेलिकमका आठ योजना, रिचार्ज गर्दा १० प्रतिशत बोनस, एसएमएस पचास पैसामा

बिजमाण्डू
२०७४ असोज ३१ गते १५:२९ | Oct 17, 2017
तिहारका लागि नेपाल टेलिकमका आठ योजना, रिचार्ज गर्दा १० प्रतिशत बोनस, एसएमएस पचास पैसामा


काठमाडौं। नेपाल टेलिकमले तिहारलार्इ लक्षित गर्दै विभिन्न अफर ल्याएको छ।टेलिकमले कात्तिक १ गतेदेखि १५ गतेसम्मका लागि यो योजना लागु हुने जनाएको छ।

Tata
GBIME
Nepal Life


 
रिचार्जमा बोनस:
जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा बोनस टेलिकमले दिएको छ।टेलिकमले ५०, १००,२००,५०० र १००० रुपैयाँ रिचार्ज  गर्दा १० प्रतिशत बोनस दिएको छ ।१० रुपैयाँ र सो भन्दा बढी एम्पोसमार्फत रिचार्ज गर्दा समेत १० प्रतिशत बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार यो अफर कात्तिक १ गतेदेखि ३ गतेसम्म रहनेछ।

युट्युब डाटा प्याक: जिएसएम प्रिपेड तथा पोष्टपेड मोबाइलमा युट्युब डाटा प्याक अन्तर्गत एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम प्राप्त हुने कम्पनीले जनायो । कम्पनीका अनुसार प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराइएको छ । यो प्याक कात्तिक १५ गतेभित्र लिइसक्नुपर्ने कम्पनीले जनायो।

 कम्बो प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक टेलिकमले ल्याएको छ । यो एक दिन मात्रै प्रयोग गर्न मिल्छ। कम्पनीका अनुसार २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम तीन दिन अवधिका लागि उपलब्ध गराइएको छ । ५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम पाँच दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम दश दिन र  ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध हुने कम्पनीले जनायो।यो प्याक पनि १५ गतेसम्म लिनुपर्नेछ।

 भ्वाइस  प्याक: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल प्राप्त हुने व्यवस्था गरिएको छ । यो प्याकेज एक दिनको अवधिसम्म प्रयोग गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनायो।कम्पनीका अनुसार २५ रुपैयाँमा ३० मिनेट ३ दिन अवधिका लागि प्याकेज उपलब्ध छ । ५० रुपैयाँमा ७५ मिनेट ५ दिन, १ सय रुपैयाँमा २०० मिनेट १० दिन र ३ सय रुपैयाँमा ६५० मिनेट ३० दिनका लागि उपलब्ध गराइएको कम्पनीले जनायो।यो पनि कात्तिक १५ गतेभित्र लिइसक्नुपर्नेछ।

ल्यान्डलाइन र सिडिएमए फोनमा बोनस: ल्यान्डलाइन र सिडिएमए फोन सेवाका ग्राहकहरुलाई न्यूनतम मासिक महसुल दुर्इ सय रुपैयाँमा २ सय ७५ स्थानीय कल निशुल्क गरेको टेलिकमले जनाएको छ।यसअघि निशुल्क कल १ सय ७५ मात्रै थियो।

एडिएसएल/एफटिटिएच र वार्इम्याक्समा अफर:कात्तिक २ गतेदेखि कात्तिक ८ गतेसम्म अनलिमिटेड र भोलुम बेस्ड एडिएसएल एकाउन्ट सकिने ग्राहकको कात्तिक ९ गतेसम्म समय थपिएको छ।एफटिटिएच र वाइम्याक्सका ग्राहकलार्इ पनि कात्तिक ९ गतेसम्म समयावधि थपिएको कम्पनीले जनाएको छ।

एसएमएसमा छुट: जिएसएम तथा सिडिएमए प्रिपेड/पोष्टपेड सेवामार्फत कम्पनीकै नेटवर्कभित्र हुने एसएमएस सेवाको विद्यमान महसुल दरमा कात्तिक २ देखि ९ गतेसम्म ५० प्रतिशत छुट उपलब्ध गराइएको छ । उक्त अवधिमा कम्पनीको नेटवर्कभित्र ५० पैसामा गर्न सकिने कम्पनीले जनाएको छ।

फोरजी सिम निःशुल्क परिवर्तन: कम्पनीले कात्तिक १ गते देखि कात्तिक ३० गतेसम्म फोरजी सेवा लिनका लागि आवश्यक पर्ने सिम (यू सिम) निःशुल्क परिवर्तन गर्न सकिने व्यवस्था गरेको छ । फोरजी सेवा उपलब्ध भएका काठमाडौं, ललितपुर र भक्तपुर तथा पोखराका नेपाल टेलिकमका काउन्टरबाट यू सिम परिवर्तन गर्न सकिने कम्पनीले जनाएको छ।