लोडसेडिङ हटेपछि तिहारमा झिलिमिली वत्तिको आयात बढ्यो, व्यापार भने निराशाजनक

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ असोज ३१ गते १२:३६ | Oct 17, 2017
लोडसेडिङ हटेपछि तिहारमा झिलिमिली वत्तिको आयात बढ्यो, व्यापार भने निराशाजनक

काठमाडौँ। तिहारको आगमनसँगै महावौद्धका विजुलीको होलसेल पसल ग्राहकको भीड कम छ।

Tata
GBIME
Nepal Life

पसल कमल फूल, पाइप लाइट, क्रिष्टल लाइट, स्ट्रीट लाइट, उत्सव लाइट, फ्लावर लाइटले झिलिमिली पारेपनि व्यापार भने न्यून छ।महाबौद्धका विजुलीका होलसेल बिक्रेता विदुर धिमालले गत वर्षको जस्तो व्यापार नभएको बताए।गत वर्षको तिहारमा पाँच लाख रुपैयाँ बराबरको सजावटमा प्रयोग हुने विजुलीको सामान बिक्री गरेका थिए।

महाबौद्धकै अर्का व्यवसायी सञ्जिवकुमारले दशैं अघिनै चीनबाट वत्तिका सामान आएको बताउँदै व्यापारमा अपेक्षाकृत राम्रो नभएको बताए।उनले तिहारका लागि २० रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको वत्ति बिक्री गरिरहेको बताए।महाबौद्धका अर्का व्यापारी कृष्णप्रसाद पौडेलले वत्तिको बिक्रीमा यो वर्ष मुनाफा कम भएको बताए।उनका अनुसार विद्युत खपत कम गर्ने लिडलाइटको बिक्री बढी भएको छ।

उनले गत वर्षको तिहारमा पाँच लाख रुपैयाँको वत्ति बिक्री गरेका थिए।लोडसेडिङ हटेका कारण यो वर्ष वत्तिको आयात भने बढेको छ।व्यवसायी सञ्जयकुमार कन्दोर्इले गत वर्षको तुलनामा वत्तिको आयात दोब्बर भएको बताए।उनले गत वर्षको तिहारमा १२ लाख रुपैयाँको वत्तिका सामान बिक्री गरेका थिए।थोक बिक्रेता विष्णु शर्माले यसपाली सोचेको जस्तो व्यापार नभएको बताए।उनका अनुसार अहिलेसम्म सात लाख रुपैयाँको मात्रै कारोबार भएको छ।गत वर्ष उनले सात लाख रुपैयाँको कारोबार गरेका थिए।