कर्मचारीलाई तालिम दिलाउन एनएमबी बैंकको एनबिआइसँग समझदारी, बार्षिक बजेट ५० लाख

बिजमाण्डू
२०७४ असोज ३१ गते १२:०० | Oct 17, 2017
कर्मचारीलाई तालिम दिलाउन एनएमबी बैंकको एनबिआइसँग समझदारी, बार्षिक बजेट ५० लाख
काठमाडौं। नेशनल बैंकिङ इन्ष्टिच्युट र एनएमबी बैंकबीच तालिम कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता भएको छ। 


 
सम्झौता अनुसार एनबिआइले बैकका कर्मचारीहरुको कार्यक्षमता विकासका लागि तालिम उपलब्ध गराउने छ। बैंकले ५० लाख रुपैयाँ बराबरको रकमको कर्मचारीलाई बार्षिक तालिम एनबिआइबाट दिने छ।
 
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआइका प्रमुख कार्यकारी सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्। 

Tata
GBIME
Nepal Life