अटोरिक्साको आयात बढेको बढ्यै, वीरगंजबाट दुर्इ महिनामै २१ सय अटोरिक्सा भित्रिए

बिजमाण्डू
२०७४ असोज ३१ गते ०५:४५ | Oct 17, 2017
वीरगंज।वीरगंज नाकाबाट तीन पांग्रे हलुका सवारी साधनको आयातमा भारी वृद्धि भएको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्षमा तीन पांग्रे अटो रिक्साको आयात ह्वात्तै बढेको छ।चालु वर्षको असार र साउनमा मात्रै २ हजार १ सय ५५ वटा अटोरिक्सा नेपाल भित्रिएका छन्।गत वर्षभरि जम्मा ४ सय ५० वटा मात्रै अटोरिक्सा वीरगंज भन्सारबाट भित्रिएका थिए।वीरगंज भन्सारका अनुसार ३१ करोड ८६ लाख १८ हजार मूल्य बराबरका अटोरिक्सा दुर्इ महिनाको अवधिमा भित्रिएका छन्।
 

भन्सारका सूचना अधिकारी सन्तोष यादवका अनुसार अटोरिक्साबाट मात्रै दुई महिनामा ३८ करोड ५७ लाख २० हजार भन्सार महसुल संकलन भएको छ।गत वर्ष अटोरिक्साबाट ८३ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
 
वीरगंज नाकाबाट आउने तीन पाग्रे सवारी साधन वीरगंज ,हेटौडा ,नारायणगढ लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ।वैदेशिक रोजगारीमा जाने तथा वेरोजगार भएर नेपालमै बस्ने युवाहरु अटोरिक्सा खरिद गरी स्वरोजगार बन्ने गरेकोले आयात बढेको हो।