हुण्डार्इको जनकपुरमा अत्याधुनिक शोरुम, पूर्ण वातानुकुलित सुविधासहित कस्टमर लाउन्ज

बिजमाण्डू
२०७४ असोज ३० गते १६:४१ | Oct 16, 2017
हुण्डार्इको जनकपुरमा अत्याधुनिक शोरुम, पूर्ण वातानुकुलित सुविधासहित कस्टमर लाउन्ज

काठमाडौं।नेपालका लागि हुण्डार्इ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनकपुरमा सेल्स,सर्भिस र स्पेयर पार्टससहितको अत्याधुनिक शोरुम खोलेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले जनकपुरको ओम अटोमोबाइलसँगको सहकार्यमा यो शोरुम खोलेको हो।जनकपुर वरपर हुण्डार्इ गाडीको मागलार्इ ध्यान दिएर यो शोरुम खोलेको कम्पनीले जनाएको छ।शोरुमको ओम अटोमोबाइलका अध्यक्ष वैद्यनाथ साह र लक्ष्मी इन्टरकन्टिनेन्टलका डेपुटी जनरल म्यानेजर रुपेशशर्मा भट्टले संयुक्त रुपमा उद्घाटन गरे।

यो शोरुममा पाँचदेखि ७ वटा गाडी डिस्प्ले गर्न सकिने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार शोरुममा पूर्ण वातानुकुलित र वार्इफार्इ सुविधासहितको कस्टमर लाउन्ज छ।कम्पनीका अनुसार सर्भिस सेन्टरमा प्रत्येक महिना तीन सय गाडीलार्इ सेवा दिनसक्ने क्षमता छ।यो सेन्टरमा हुण्डार्इको जेनुइन पार्टस समेत पाइने कम्पनीले जनाएको छ।