डिसिएक्सले सुरु गर्यो युनिर्भसिटि ट्र«डिङ्ग च्यालेन्ज कप, २० कलेजका ६ सय विद्यार्थी सहभागी

बिजमाण्डू
२०७० बैशाख १० गते ००:०० | Apr 23, 2013
काठमाडौं । डिसिएक्स नेपालले सोमबारबाट युनिर्भसिटि ट्र«डिङ्ग  च्यालेन्ज कप आयोजना गरेको छ । पाँच दिनसम्म चल्ने च्यालेन्ज कपमा नेपालका समग्र युनिर्भसिटिहरुसँग संवन्धन प्राप्त विजनेस स्कुलहरुलाइ समेटिएको छ । नेपालमै पहिलो पटक आयोजना गरिएको कपमा एक सयभन्दा वढी टिमहरु प्रतिस्पर्धा गर्दैछन् । अप्रिल महिनालाई विश्वव्यापी रुपमा नै वित्तीय साक्षरता महिनाका रुपमा मनाइने भएकाले त्यही अनुसार च्यालेन्ज कप आयोजन गरिएको आयोजकको दावी छ । च्यालेन्ज कपमा करिब २० कलेजका ६०० विद्यार्थीहरुले भाग लिइरहेका छन ।
 

Tata
GBIME
Nepal Life