भूकम्प र नाकाबन्दीपछि चितवनका ठूला लगानीका होटलमा बल्ल पर्यटकको चहलपहल, व्यवसायीलार्इ राहत

बिजमाण्डू
२०७४ असोज ३० गते ०८:२८ | Oct 16, 2017
भूकम्प र नाकाबन्दीपछि चितवनका ठूला लगानीका होटलमा बल्ल पर्यटकको चहलपहल, व्यवसायीलार्इ राहत

चितवन। चितवन राष्ट्रिय निकुञ्जसगै जोडिएको पश्चिम चितवनमा पर्यटकको चहलपहल सुरु भएको छ।

Tata
GBIME
Nepal Life

भूकम्प र नाकाबन्दीका कारण संचालनमा आउनेवित्तिकै समस्यामा परेको यो क्षेत्रका होटललार्इ केही भएपनि राहत भएको छ।चितवन राष्ट्रिय निकुञ्जभित्रका होटल विस्थापनपछि यहाँ तीन अर्ब रुपैयाँ भन्दा बढी लगानीमा होटल खुलेका थिए।

हस्पिटालिटी क्षेत्रमा नाम कमाएका व्यवसायीले पटिहानी र जगतपुर क्षेत्रमा होटलमा लगानी गरेका छन्।यी होटलमा दुर्इ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्।ती सबै होटलमा तीन सय भन्दा बढी कोठा छन्। अहिले मेघौलीमा भारतको ताज होटलको सहकार्यमा चौधरी समूहको मेघौली सराई संचालनमा आइसकेको छ ।

मेघौलीमा अहिले पर्यटक राख्न सक्ने साना ठुला गरी ११ वटा होटल सञ्चालनमा  छन् । पछिल्लो समय ठुलो लगानीमा बनेका चौधरी ग्रुपको मेघौली सेराई, बाराही होटल, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, होटल सारङा, सफारी नारायणी, जंगल भिल्ला, ईन टु द वाईल्ड, र कसरा रिर्सोट सहितका ठूला ४ र साना २० वटा होटल रहेका छन् भने जगतपुर क्षेत्रमा ईको वाईल्ड लाईफ लज, टाईगर ल्याण्ड र जगतपुर लज संचालनमा छन्।

पर्यटकीय सिजन सुरु भएपछि यो क्षेत्रमा पर्यटकको चहलपहल सुरु भएको छ।क्षेत्रीय होटल संघ पश्चिम चितवन कसरा इकार्इका उपाध्यक्ष गणेश पौडेलका अनुसार पटिहानी र जगतपुर क्षेत्रका होटलको अकुपेन्सी ७० प्रतिशत भन्दा बढी छ।भरतपुरबाट १९ किलोमिटरको दूरीमा निकुञ्जनजिकै होटल संचालनमा छन्।निकुञ्जमा दुर्लभ एक सिंगे गैडा,पाटे बाघ र अन्य वन्यजन्तु देख्न पाइन्छ।

नेचर गाइड कुमार गिरीका अनुसार विस्तारै पश्चिम चितवनमा रहेका होटलमा पर्यटक आउन थालेका छन्।निकुञ्जको मुख्यालय कसरामा रहेको एशियाकै दोश्रो ठुलो घडियाल प्रजनन् केन्द्र अवलोकन, गिद्ध प्रजनन् केन्द्र, नेपालकै सबैभन्दा पुरानो कंक्रिट दरबार, हात्ती सफारी, जंगल सफारी, जीप सफारी, डुंगा सयर, बयल गाडा सयर लगायत सुविधा रहेको जगतपुर लजकी प्रवन्धक सोनी तामाङले बतार्इन्।निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कडेँलका अनुसार पटिहानी र जगतपुरमा पर्यटक आगमन बढ्न थालेको बताउँदै यो क्षेत्रमा विदेशी पर्यटक बढी आउने गरेको बताए।सौराहामा भने बढी आन्तरिक पर्यटक आउने गर्छ।

अझै पनि समस्या
नारायणगढ-मुग्लिन सडकखण्ड निर्माण नहुँदा अहिले पनि चितवनमा पर्यटक आउन सकेका छैनन्।

हवार्इमार्ग हुँदै आउने पर्यटकको संख्या अझै न्यून छ।यो सडकखण्डका कारण पर्यटकको आगमन अझै कम छ।पछिल्लो समय पोखरा-चितवनमा बुद्ध एयरले उडान थालेपछि पर्यटकको चाप समेत बढेको छ।