विर्तामोडमा अशोक लेलैण्डको अत्याधुनिक शोरुम र सर्भिस सेन्टर, सर्भिस सेन्टरमा यस्तो छ सुविधा

बिजमाण्डू
२०७४ असोज २९ गते १७:२४ | Oct 15, 2017
विर्तामोडमा अशोक लेलैण्डको अत्याधुनिक शोरुम र सर्भिस सेन्टर, सर्भिस सेन्टरमा यस्तो छ सुविधा

काठमाडौं।अशोक लेलैण्डको आधिकारिक बिक्रेता आइएमर्इ मोटर्सले झापाको विर्तामोडमा अत्याधुनिक शोरुम र सर्भिस सेन्टर संचालनमा ल्याएको छ।कम्पनीको मेचीस्थित डिलर सहारा अटोमोबाइलले यो सर्भिस सेन्टर संचालनमा ल्याएको हो।

Tata
GBIME
Nepal Life

यो फुलफ्लेज्ड सेटअप भएको शोरुममा अशोक लेलैण्ड गाडीहरुका लागि सेल्स, सर्भिस र स्पेयर्स उपलब्ध हुने जानकारी गराईएको छ।कम्पनीका अनुसार थ्रि—एस(सेल्स,सर्भिस र स्पेयर्स)सहितको शोरुमको उद्घाटन आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल,आइएमई मोर्टसका सञ्चालक सन्दिप अग्रवाल, अशोक लेलैण्ड भारतका रिजनल मेनेजर तनमय मित्रा, आइएमई मोटर्स प्रा.लि.का प्रमूख कार्यकारी अधिकृत कपिल शिवाकाटी, सहारा अटोमोबाइल्स एण्ड कम्पनीका अध्यक्ष महेन्द्र गिरीले संयुक्त रुपमा गरे।

कम्पनीका अध्यक्ष ढकालले आफ्नो समुहले आफ्नो लगानीलाई बिविधिकरण गर्ने सिलसिलामा अटोमोबाइल क्षेत्रमा पनि लगानी गरेको र छोटो समयमा अशोक लेलैण्ड लोकप्रिय बनेको दाबी गरे।अशोक लेलैण्ड भारतका रिजनल मेनेजर तनमय मित्राले अशोक लेलैण्ड हिन्दुजा समूह अन्तर्गतको ७० बर्ष पुरानो भारतको दोश्रो ठूलो कमर्सियल गाडी निर्माता कम्पनी भएको र आइएमईसँगको सहकार्यमा नेपालमा बजार विस्तार राम्रो रहेको बताए।

 आइएमई मोर्टसका प्रमुख कार्यकारी अधिकृत शिवाकोटीले सहारा अटोमोवाइल्ससँगको सहकार्यमा स्थापना गरिएको अत्याधुनिक सर्भिस सेन्टर र शोरुमबाट मेची अञ्चलका ग्राहकलार्इ अशोक लेलैण्डको गाडी किन्न र बिक्रीपछिको सेवा सहज हुने बताए।