एनसिसी बैंकमा ११४ जना कर्मचारी माग, सहायक प्रबन्धकदेखि प्रशिक्षार्थी सम्मलाई जागिरको अवशर

बिजमाण्डू
२०७४ असोज २९ गते १०:०६ | Oct 15, 2017
काठमाडौं। नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकले ११४ जना कर्मचारी माग गरेको छ। बैंकले दुर्इ जना सहायक प्रबन्धकसहित ११४ जना कर्मचारी माग गरेको हो। सहायक प्रबन्धक हुन कम्तिमा स्नातकोत्तर गरि छ बर्षको बैंकिङ क्षेत्रमा अधिकृत स्तरमा काम गरेको अनुभव हुनु पर्ने छ। 
 
त्यस्तै तीन जना बरिष्ठ कार्यकारी अधिकृत र तीन जना कार्यकारी अधिकृत माग गरेको छ। यसको लागि पनि क्रमश ४ र ५ बर्ष बैंकिङ क्षेत्रमा काम गरेको अनुभब हुनु पर्ने छ। 
 
बैकले २६ स्थानमा आफ्ना नयाँ शाखा खोलेको हुँदा धरै संख्यामा कर्मचारी माग गरेको छ। जसको लागि बैंकले १७ जना जुनियर कार्यकारी अधिकृत, १६ जना बरिष्ठ सहायक, २३ जना सहायक,  २० जना जुनियर सहायक र ३० जना जुनियर सहयकको लागि प्रशिक्षार्थीको माग गरेको छ। 
 
बैंकमा आवेदन दिन इच्छुक आवेकले कार्तिक १२ गतेससम्म आवेदन दिनु पर्ने बैंकले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life