नेपाल टेलिकमको नयाँ ग्राहक सेवा केन्द्र, राजस्व कसरी बढाउने? मन्त्रीले दिए एनटिसीलाई मन्त्र

बिजमाण्डू
२०७४ असोज २७ गते १६:०८ | Oct 13, 2017
नेपाल टेलिकमको नयाँ ग्राहक सेवा केन्द्र, राजस्व कसरी बढाउने? मन्त्रीले दिए एनटिसीलाई मन्त्र
काठमाडौं। नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। सेवा केन्द्रको उद्घाटन सुचना तथा सञ्चार राज्यमन्त्री तप्तवहादुर बिष्टले गरेका छन्। 


 
बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने बताए। उनले समय सापेक्ष नयाँ प्रविधि भित्र्याएर सेवा उपलब्ध गराए मात्र ग्राहकलाई सन्तुष्ट बनाउन सकिने र राजश्व पनि वृद्धि हुने बताए। 
 
सूचना तथा सञ्चार मन्त्रालयका सचिव तथा नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङले नेपाल टेलिकमका सामू चुनौतीहरु भए पनि  त्यसलाई अवसरमा परिवर्तन गर्न तथा ग्राहकको गुनासोलाई सम्बोधन गर्नका लागि सेवा केन्द्रले सहयोग पुर्याउने बताए।
 
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन्। 

Tata
GBIME
Nepal Life