तीन संस्थामा १४९ जनालार्इ जागिरको अवशर, खानेपानीदेखि बीमा कम्पनीमा खुल्यो जागिर

बिजमाण्डू
२०७४ असोज २७ गते १०:३२ | Oct 13, 2017
काठमाडौं। तीन सरकारी संस्थाले कर्मचारी माग गरेका छन्। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले खुला प्रतियोगिताबाट पदपूर्ति गर्न लागेका हुन्।
 
काठमाडौं उपत्यका खानेपानी बोर्डले १४ पदमा २० जना कर्मचारी माग गरेको छ। आगामी ३० दिनभित्र दरखास्त दिइसक्नु पर्छ। बोर्डले सातौं तहको प्रशासकीय अधिकृतदेखि पाँचौ तहका कर्मचारी माग गरेको हो।
 
यसैगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले ९औं तहदेखि चौथो तहसम्ममा ९३ जना कर्मचारी मागेको छ। खानेपानीले आन्तरिक प्रतियोगिताबाट उपप्रबन्धक माग गरेको छ। आवेदनको लागि आजका मितिदेखि ३० दिन भित्रमा कम्पनीको कार्यालय त्रिपुरेश्वरमा बुझाउनु पर्ने हुन्छ। 
 
राष्ट्रिय बीमा कम्पनीले १०औं तहको मुख्य ब्यवस्थापकदेखि चौथो तहको सहयक पदसम्म ३६ जनाको लागि  दरखास्त आह्वान गरेको छ। कम्पनीले सबैभन्दा धेरै सहायक "ख" पदमा २४ जना कर्मचारी माग गरेको छ। जसको लागि प्रविणता प्रमाणपत्र तह गरेको हुनु पर्छ। 
 
कम्पनीले एक जना व्यवस्थापक, एक जना सिए गरेको सहायक व्यवस्थापक,  एक जना नायव व्यवस्थापक, ८ जना सहायक व्यवस्थापक र २४ जना सहायक 'ख' को लागि कर्मचारी माग गरेको हो। 
 
दरखास्त आवेदनको लागि कार्तिक १६ गते सम्मम्याद रहेको कम्पनीले जनाएको छ। सेवाको किसिम स्थाइ रहेको छ। 
 

Tata
GBIME
Nepal Life