६० करोड लगानीमा चितवनमा घर बनाउने प्यानल उद्योग, कोरियन कम्पनी एसवाइको सातौं उद्योग

बिजमाण्डू
२०७४ असोज २७ गते १०:१३ | Oct 13, 2017
चितवन। नेपालमा नै पहिलो पटक चितवनको रत्ननगर नगरपालिकामा कोरियन लगानीको नयाँ उद्योग खुल्ने भएको छ। एसवाइ ग्रुपले पिठूवा एसवाइ प्यानल नेपाल नामक उद्योग खोल्न लागेको हो। उद्योगले घर बनाउन चाहिने तयारी प्यानल निर्माण गर्ने छ।
 
आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने उद्देश्यसहित बिहीबार शिलान्यास गरिएको छ। रत्ननगर नगरपालिकाका मेयर नारायण वन, पूर्व राजदुत दुर्गेमान सिंह र एसवाई ग्रुपका अध्यक्ष होङ योङ दोनले संयुक्त रुपमा शिलान्यास गरेका छन्। 
 
भुकम्प प्रतिरोधात्मक र वातावरणमैत्री स्याण्डविच प्यानल, यू पिभिसि झ्याल र स्टिल ढोका लगायतका समपूर्ण घर निर्माणका सामाग्री उत्पादन गर्ने कम्पनीका अध्यक्ष दोनले जानकारी दिए।
 
पूर्व राजदुत सिंहको समेत लगानी रहेको उद्योग ३५ कठ्ठा क्षेत्रफल फैलिएको छ। जग्गा २० बर्षका लागि भाडामा लिएर उद्योग खोल्न लागिएको उनले बताए। 
 
२४ करोड अधिकृत पूँजी राखी ६० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आउने उद्योगले १ सय २० जनालाई रोजगारी दिने छ। एसवाइ ग्रुपले अहिलेसम्मन ६ वटा उद्योग सञ्चालन गरिसकेको छ। 
 
स्थानिय जनताको आर्थिक उन्नति र समृद्धिका लागि रोजगारी, शिक्षा र स्वास्थ्य क्षेत्रमा सकेसम्म सहयोग गर्ने समेत उनले बताए।
 
थोरै लगानीमै भुकम्प प्रतिरोधी र विभिन्न रंगको प्यालन उपलब्ध हुने कम्पनीले जनाएको छ।  सजिलै आगो नलाग्ने प्यानलबाट बनेको घरको ५० बर्ष ग्यारेन्टी गरिएको छ।

Tata
GBIME
Nepal Life