सरकारी जागिरको अवसरः केयुकेएलले माग्यो ८४ कर्मचारी, कात्तिक २७ सम्म आवेदन खुला

बिजमाण्डू
२०७४ असोज २७ गते ०९:५५ | Oct 13, 2017
काठमाडौँ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले उपप्रबन्धकसहित ८४ कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा पदपूर्ति समितिले शुक्रबार सूचना प्रकाशन गरी दरखास्त आह्वान गरेको हो।
 
खुला र आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। समानुपातिक समावेशी रुपमा आवेदन माग गरिएको छ।
 
नवौँ तहको उपप्रबन्धकदेखि ४ तहको कम्प्युटर अपरेटरसम्म पदपूर्तिका लागि विज्ञापन गरिएको हो।
 
खुलातर्फ सबैभन्दा बढी दरखास्त सिभिल इन्यिनियर र ओभरसियरतर्फ छ। ९औं तहको उपप्रबन्धकमा खुलातर्फ एक संख्या छ।
 
उपप्रबन्धक तहको परीक्षा दस्तुर १२ सय र प्राविधिकतर्फ तह ४ सम्मका लागि चार सय रुपैयाँ तोकिएको छ। समावेशी समूहका उम्मेदवारले तोकिएको दस्तुरमा थप आधा रकम तिर्नुपर्नेछ।
 
दरखास्त फाराम कात्तिक २७ गतेसम्म भर्न सकिनेछ। दोब्बर दस्तुरमा थप ७ दिनको समय हुनेछ।

Tata
GBIME
Nepal Life