सुजल फूडले बनायो बालमन्दिरमा बालबाटिका खेल मैदान, सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनी

बिजमाण्डू
२०७४ असोज २६ गते १७:४३ | Oct 12, 2017
सुजल फूडले बनायो बालमन्दिरमा बालबाटिका खेल मैदान, सामाजिक उत्तरदायित्व वहन गर्दै कम्पनी
काठमाडौं।सुजल फूड्सले बाल मन्दिरको शाखा सिफलमा चोकोफन बालबाटिका खेल मैदान निर्माण गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले चिप्लेटी,ढिकी च्याउ र पिङ निर्माण गरेको छ।मैदानसँगै जोडिएको पर्खालमा आकर्षक चित्र पेन्ट गरिएको छ।खेल मैदान विभिन्न रङ प्रयोग गरेर कलात्मक ढंगले वारिएको छ।
 

बालबालिकाको सुरक्षालार्इ ध्यानमा राखेर दुबो रोपिएको कम्पनीले जनाएको छ।कम्पनीले सामाजिक उत्तरदायित्व वहन गर्दै खेल मैदान निर्माण गरेको हो।कम्पनीले सन् १९९९मा पहिलो पटक चोकोफोन बजारमा ल्याएको हो।कम्पनीले वेफर,टफी, चुर्इगम लगायतका उत्पादन गर्दै आएको छ।