दुर्इ माइक्रोफाइनान्समा रोजगारको अवसर, शाखा प्रमुख देखि प्रशिक्षार्थी सम्म माग

बिजमाण्डू
२०७४ असोज २६ गते १०:४४ | Oct 12, 2017

काठमाडौं। सबैको लघुवित्त वित्तीय संस्था र वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले अधिकृत स्तरका देखि प्रशिक्षार्थी सहायक स्तर सम्मका कर्मचारी माग गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त ३२ जिल्ला कार्यक्षेत्र भएको वोमी माइक्रोफाइनान्सले अधिकृत स्तरको केहि संख्यामा एरिया विभागिय प्रमुख पदमा विज्ञापन खुलाएको छ। उक्त पदको लागि स्नातक उत्तिर्ण गरी लघुवित्तमा ४ वर्ष काम गरेको हुनु पर्ने छ।

संस्थाले वरिष्ठ सहायक स्तरको केहि संख्यामा शाखा प्रमुख पनि माग गरेको छ। यसको लागि लघुवित्तमा दुर्इ वर्ष काम गरेको अनुभव र स्नातक तह उत्तिर्ण गरेको हुनु पर्ने छ। साथै संस्थाले एस.एल.सि. उत्तिर्ण गरेका सहायक स्तरका केहि प्रशिक्षार्थी सहायक पनि माग गरेको छ।

संस्थाले आह्वान गरेको उक्त पदमा आवेदन दिनको लागि संस्थाको केन्द्रिय तथा शाखा कार्यालमा र संस्थाको वेव साइटमा आफ्नो विवरण पठाउन सकिने छ। निवेदन दिने अन्तिम मिति कार्तिक ११ गते रहेको छ भने परिक्षा मिति कार्तिक १८ गते तोकेको छ।

त्यस्तै सबैको लघुवित्त वित्तीय संस्थाले पनि केहि संख्यामा शाखा प्रमुख,  सहायक तथा कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदमा आवेदन आह्वान गरेको छ।

शाखा प्रमुखमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरि लघुवित्त बैंकमा दुर्इ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ। त्यस्तै सहायक पदको लागि प्रविणता प्रमाणपत्र तह उत्तिर्ण गरेको हुनपर्ने छ।

संस्थाले प्रशिक्षार्थी पदको लागि ६ महिना काम गरेको मुल्याङ्कन गरेपछि सन्तोषजनक भएमा नियुक्तीको लागि प्रकृया अगाडी बढाउने जनाएको छ।

इच्छुक आवेदकले कार्तिक १० गते सम्म कम्पनीको कार्यालयमा आफ्नो वायोडाटा सहितको आवेदन बुझाउनु पर्ने छ। नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त संस्थाको केन्द्रिय कार्यालय बन्दिपुर १ डुम्रे तनहुँमा रहेको छ।