ग्लोबल आइएमर्इ बैंकमा खाता हुनेले मोबाइलबाट विजुलीको महशुल तिर्न सक्ने, यसरी तिर्नुस महशुल

बिजमाण्डू
२०७४ असोज ८ गते २१:४३ | Sep 24, 2017
ग्लोबल आइएमर्इ बैंकमा खाता हुनेले मोबाइलबाट विजुलीको महशुल तिर्न सक्ने, यसरी तिर्नुस महशुल
काठमाडौं। ग्लोबल आइएमई बैंकले बिजुलीको बिल ग्लोबल स्मार्ट मोवाइल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्न सकिने भएको छ।

Tata
GBIME
Nepal Life

बिजुलीको बिल तिर्न लामो समय लाईन बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै बैंकले यो सेवा सुचारु गरेको हो । बैंकमा खाता रहेका ग्राहकले ग्लोबल स्मार्ट मोवाईल बैंकिङ्ग सेवा मार्फत घरैमा बसि नेपाल बिद्युत प्राधिकरणको बिल तिर्न सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

यो सेवा उपभोग गर्नका लागि स्मार्ट मोवाईलमा ग्लोबल स्मार्ट एप डाउनलोड गरि त्यसमा रहेको पेमेन्ट अप्सनमा गएर एनइए पेमेन्टमा दिइएको निर्देशन अनुसार बिल तिर्न सकिने बैंकले जनायो।