कतारबाट पैसा ल्याउन सिटी एक्सप्रेसले गर्यो सम्झौंता, अल जमान एक्सचेन्जबाट पैसा पठाउन मिल्ने

बिजमाण्डू
२०७४ असोज ८ गते १७:५१ | Sep 24, 2017
काठमाडौं।अल जमान एक्सचेन्ज तथा सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटेन्स सेवा सुरु भएको छ।

कतारमा रहेका नेपालीहरुले कुनैपनि अल जमान एक्सचेन्ज एक्सचेन्जको सात वटा भूक्तानी केन्द्रमार्फत सिटी एक्सप्रेसमा रकम पठाउन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

Tata
GBIME
Nepal Life

कतारबाट पठाएको रकम सिटी एक्सप्रेसको पाँच हजार भूक्तानी केन्द्रमार्फत सहज भूक्तानी लिन सकिने कम्पनीले जनाएको छ।यो सेवाका लागि सिटी एक्सप्रेसको तर्फबाट प्रवन्ध निर्देशक चन्द्र टण्डन र अल जमान एक्सचेन्ज कतारका प्रमुख संचालन अधिकृत जुवाइर अब्दुल रहिमानले हस्ताक्षर गरे।