राष्ट्रपतिबाट चन्द्रागिरिमा रहेको पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण

बिजमाण्डू
२०७४ असोज ८ गते १७:३४ | Sep 24, 2017
काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरि हिल्स लिमिटेड परिसरमा रहेको पृथ्वीनारायण शाहको पूर्ण कदको शालिकको आइतबार अनावरण गरिन्।यो शालिक ५ फिट ८ इन्चको उचार्इको छ।

Tata
GBIME
Nepal Life

मुर्तिकार नविन सुवेदीले यो शालिक निर्माण गरेका हुन्।पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक महत्व राख्ने चन्द्रागिरिमा उनको शालिक राखिएको हो।नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाहले मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरिको बाटो हुँदै गरेका थिए।

कार्यक्रममा राष्ट्रपति भण्डारीले वर्तमान विशाल नेपालको जग एकीकरणको समयमै बसालिएको बताउँदै तत्कालीन अन्तर्राष्ट्रिय परिस्थिति र सामाजिक परिवेशमा सबै जातजाति, भाषाभाषी र स साना सामन्ती राज्य रज्यौटाहरुलाई एकताको सुत्रमा बाध्नु आवश्यक रहेको बतार्इन्।उनले चन्द्रागिरिजस्तो ऐतिहासिक स्थानमा एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरी कम्पनीले अनुकरणीय काम गरेको बतार्इन्।
 

संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री जितेन्द्र देवले चन्द्रागिरि हिल्सले केवलकारको निर्माणमात्र नभएर सांस्कृतिक एवं धार्मिक पर्यटनको विकासका एकीकृत योजना ल्याएको बताए।उनले आगामी वर्ष सन् २०१८को पर्यटन पुरस्कार चन्द्रागिरि हिल्सलार्इ दिने निर्णय भएको जानकारी दिए।