पर्यटन प्रवर्द्धनमा नेपाल, भारत र भुटानबीच एमओयू, तीनै देशका होटलहरुले बिशेष सहुलियत दिने

बिजमाण्डू
२०७४ असोज ८ गते १७:०१ | Sep 24, 2017

काठमाडौं।अन्तरदेशीय पर्यटन प्रवर्द्धनका लागि नेपाल भारत र भुटानका होटल एसोसिएसनबीच समझदारीपत्र हस्ताक्षर भएको छ।

Tata
GBIME
Nepal Life

होटल एसोसिएसन अफ नेपाल, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ भुटानबीच सार्क स्तरमै पर्यटन प्रवर्द्धन गर्ने बिषयमा सहमति भएको हो।

फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाले गरेको कार्यक्रममा  होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यता सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रमहरु आदानप्रदान गर्ने सहमती भएको जारी बिज्ञप्तीमा उल्लेख छ।

तीनवटै  मुलुकका पर्यटन योजनाहरु तर्जुमाकालागि आवश्यक तथ्याङ्कहरु संकलन तथा व्यवस्थापनकालागि पनि आपसी सहकार्य गरिने विज्ञप्तिमा जनाइएको छ।

यस समझदारीपछि त्रिदेशीय होटलसंग आवद्ध रहेका सदस्य होटल तथा रेस्टुरेन्टहरुका सेवा सुविधामा तीनै देशका एसोसिएसनहरुले जारी गरेको विशेष कार्डमार्फत विशेष सहुलियत दिने समेत बताइएको छ।
 
त्रिदेशीय समझदारीपत्रमा होटल संघ नेपालका अध्यक्ष अमरमान शाक्य, फेडेरेसन अफ होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका अध्यक्ष के.श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एसोसिएसन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए।