विजय डिस्टिलरीले ल्यायो मास्टर सेलेक्सन् ह्विस्की, लिमिटेड अडिसन ह्विस्कीमा यस्ता छन् विशेषता

बिजमाण्डू
२०७४ असोज ८ गते १७:०१ | Sep 24, 2017
विजय डिस्टिलरीले ल्यायो मास्टर सेलेक्सन् ह्विस्की, लिमिटेड अडिसन ह्विस्कीमा यस्ता छन् विशेषता


काठमाडौं।विजय डिस्टिलरीले रोयल नेपाल गल्फ क्लबको एक सयौं वार्षिकोत्सवका अवसरमा मास्टर सेलेक्सन् नेपाली बजारमा ल्याएको छ।कम्पनीका अनुसार स्पेशल गोर्ल्फस लिमिटेड अडिसन ह्विस्कीको रुपमा बजारमा ल्याएको हो।

Tata
GBIME
Nepal Life


स्कच ह्विस्कीको अस्तित्व र इतिहासलार्इ संरक्षण गर्दै मास्टर ह्विस्की नेपाली बजारमा ल्याएको बताउँदै कम्पनीले चुनिएको फ्लेबरबाट स्मुद र उत्कृष्ट स्वाद रहेको जनाएको छ।कम्पनीका अनुसार मिक्सोलोजिस्ट र ह्विस्की प्रेमीहरु माझ मास्टर अब्बल दर्जामा रहने विश्वास छ।

मनमोहक बोतल र प्याकेजिङ समेत रहेकोले डिजाइनमा उपभोक्ताको आकर्षण रहने कम्पनीको दाबी छ।कम्पनीका अनुसार मास्टर सेलेक्सन ब्लेन्डेड माल्ट स्कच ह्विस्की भएकोले अल्ट्रा प्रिमियम श्रेणीमा गनिन्छ।स्कटल्याण्डको पूर्वी हाइल्यान्डबाट नेपालको हिमालयसम्म यो लिमिटेड एडिसन स्कच भएको कम्पनीले जनाएको छ।