पूँजी बजारमा उत्पादनशील क्षेत्रलार्इ प्रोत्साहन गरिने, ब्रोकर भन्छन्- संरचनामै सुधारको खाँचो

बिजमाण्डू
२०७४ असोज ८ गते १६:२३ | Sep 24, 2017

काठमाडौँ। पूँजी बजारमा उत्पादनशिल क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ। स्टक ब्रोकर एसोसिएसनका प्रतिनिधिसंगको भेटमा अर्थ राज्यमन्त्री उदयशमशेर राणाले लगानीकर्ताको जोखिम ब्यबस्थापनका लागि उत्पादनशिल क्षेत्र पूँजी बजारमा आउनु पर्ने बताए।

Tata
GBIME
Nepal Life

पूँजी बजारमा वास्तविक क्षेत्रको प्रवेशपछि मात्र पूँजी बजारलार्इ आर्थिक क्षेत्रको ऐनाको रुपमा हेर्न सकिने मन्त्री राणाको धारणा छ।
"वास्तविक क्षेत्रको प्रवेशपछि मात्र नै यसले देशको आर्थिक ऐनाको रुपमा काम गर्दछ।" राणाले भने।

भेटमा ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले पूँजी बजारको दिगो विकासकालागि लगानीकर्तालाई अल्पकालीन र दिर्घकालीन लगानीमा राज्यले हौसला दिनुपर्नेमा सरकारको ध्यानआकर्षण गराएका थिए। यस विषयमा सरकारले उचित समयमा आवश्यक निर्णय गर्ने भन्दै राज्यमन्त्री राणाले ब्रोकरहरुलार्इ आश्वासन दिए।

पूँजी बजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मन्त्रालय र अन्य सरोकारवाला निकायले काम थाल्ने पनि राज्यमन्त्री राणाले जानकारी दिए।

राज्यमन्त्रीसँगको भेटमा ब्रोकरहरुले पूँजीबजारको विकासकालागि नीतिगत, प्राबिधिक र संरचनागत सुधारको खाँचो औंल्याए। एसोसिएसनका प्रतिनिधिले मन्त्री राणालार्इ १० बुँदे सुझावपत्र समेत बुझाएका थिए।