दशैँको रौनकले शेयर बजारको चार्म घट्यो, २.८९ अंकले घटेको बजारमा कारोबारमा भारी गिरावट

बिजमाण्डू
२०७४ असोज ८ गते १५:५० | Sep 24, 2017
दशैँको रौनकले शेयर बजारको चार्म घट्यो, २.८९ अंकले घटेको बजारमा कारोबारमा भारी गिरावट


काठमाडौं। चाडबाडको प्रत्यक्ष प्रभाव शेयर बजारमा देखिएको छ। लगानीकर्ताको ध्यान शेयर खरिद बिक्रीमा भन्दा अन्यत्रै मोडिँदा बजारमा सूचकसंगै कारोबार रकममा उल्लेख्य गिरावट देखिएको छ। 

Tata
GBIME
Nepal Life

साताको पहिलो दिन आइतबार शेयर बजार २.८९ अंकले घटेर १५३६.९२ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ अंकले घटेर ३२२.११ अंकमा झरेको छ।

चाडबाड लागेसंगै लगानीकर्ताको बजारमा चहल पहल घटेको भिजन सेक्युरिटीका अध्यक्ष राजकुमार तिमल्सेनाले जानकारी दिए। आइतबार कारोबार रकम र बजार दुबै घटेकोमा  " लगानीकर्ताले चाडबाडमा ध्यान केन्द्रित गर्दा बजारको चर्मिंङ् कम भयो " तिमल्सेनाले भने।

आइतबार १५० कम्पनीको नौ लाख ९१ हजार कित्ता शेयर ३१ करोड रुपैयाँमा खरिद बिक्री भयो। सबैभन्दा बढी एनसीसीबिको संस्थापक शेयर दुई करोड २२ लाख रुपैयाँमा खरिद बिक्री भयो।

उपसूचक मिस्रित देखिएका छन्। आठ समूहको कारोबारमा चार समूहको सूचक घटेको छ भने चारै समूहको बढेको छ। बैंक ४.९८, ट्रेडिङ् १५.२९, विकास बैंक ५.७ र अन्य १.७३ अंकले घटेको छ ।

होटल ३७.६४, जलबिद्युत १.०८, फाइनान्स ४.२६, बीमा १०.१४ अंकले बढेको छ। आइतबार सबैभन्दा बढी बरुण हाइड्रोपावर कम्पनीका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन्। कुबेर मर्चेन्ट बैंकका शेयर धनीले करिब सात प्रतिशत गुमाए।