३३ करोड नाफा गरेको साना किसानले गत बर्षकै जति २६.३१% लाभांस दिने, २५% बोनस सेयर

बिजमाण्डू
२०७४ असोज ८ गते १४:२५ | Sep 24, 2017
काठमाडौँ। साना किसान विकास बैंकले लाभांस घोषणा गरेको छ। आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट २६.३१६ प्रतिशत लाभांस दिने बैंकले जनाएको छ। कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३१६ प्रतिशत नगद लाभांस घोषणा गरेको छ। 
 
गत वर्ष कम्पनीले २६.३१ प्रतिशत लाभांस दिएको थियो। कम्पनीको हाल चुक्ता पूँजी ५० करोड रुपैयाँ पुगेको छ। कम्पनीले गत वर्ष ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो।           
 

Tata
GBIME
Nepal Life