नेपालमा बिक्री हुन्छ पाँच लाख रुपैयाँ मूल्यको मदिरा, यी हुन् नेपालमा बिक्री हुने महँगा मदिरा

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ असोज ६ गते ०९:५६ | Sep 22, 2017
नेपालमा बिक्री हुन्छ पाँच लाख रुपैयाँ मूल्यको मदिरा, यी हुन् नेपालमा बिक्री हुने महँगा मदिरा
काठमाडौं।चाडपर्व नजिकिएपछि मदिराको बिक्री ह्वात्तै बढ्छ।

Tata
GBIME
Nepal Life

मदिरा बिक्रीको ग्राफ बढ्ने भएकोले मदिरा उत्पादक र उद्योगी मालामाल हुने समय पनि यही हो।दशैंकै समयमा महँगा मदिरा पनि बिक्री हुन्छ।नेपालमा विश्व प्रसिद्ध फ्रान्स,बेलायत र स्कटल्याण्डका मदिरा बिक्री हुन्छ।नेपालमा पाँच लाख रुपैयाँसम्मको मदिरा बिक्री हुने गरेको छ।दरबारमार्गमा ग्रीनलार्इनमा पाँच लाख रुपैयाँसम्मको मदिरा पाइन्छ।५० वर्ष पाक पकृया पूरा गरेका उच्च गुणस्तर मदिराको मूल्य महँगो हुने ग्रीनलाइनका बिक्री प्रवन्धक शिवकृष्ण श्रेष्ठले बताए।

 
उनले भने 'क्याम्यु ५.५, रेमी मार्टीन लुइस एक्सआइआइआइ, जोनी वाकर, टालिस्कर , इज्ले अफ स्काइ, ग्लेन गोइन, ग्लेण्डफिड्च, ब्ल्याक लेभल, रेड लेभल, ब्लु लेभल लगायतका मदिरा महँगा कोटीमा पर्छ'। बोटलमा समावेश गरिएको क्रिस्टल, गोल्ड प्लेटेड विर्को लगायतका विशेषता रहने उनले बताए।


सवैभन्दा महँगो रक्सीमा फ्रान्समा उत्पादित क्याम्यु ५.५ रहेको श्रेष्ठले बताए। ६ वर्ष अगाडी नेपालमा भित्र्याइएको क्याम्यु ५.५ को बजार मूल्य ४ लाख ९४ हजार ९ सय ६२ छ। ६ वर्ष अगाडी भित्रिएको फ्रान्समा उत्पादित रेमी मार्टीन लुइसको बजार मूल्य ४ लाख १२ हजार ४ सय २७ रुपैयाँ छ। 
व्लेण्ड स्कच व्हिस्की अन्तर्गतको आइजला अफ स्काइ स्कटल्याण्ड उत्पादित मदीरा हो। यसको बजार मूल्य १ लाख ६८ हजार छ।