भूकम्पबाट क्षति पुगेका ठूला हाउजिङले बीमाको दाबी भूक्तानी पाएनन्, चार अर्ब भूक्तानी हुन बाँकी

बिजमाण्डू
२०७४ असोज ५ गते १८:१२ | Sep 21, 2017
काठमाडौं।भूकम्पबाट क्षति भएको विभिन्न संरचनाको बीमा वापतको ३ अर्ब ९६ करोड रुपैयाँ भूक्तानी गर्न बाँकी रहेको छ।बीमा समितिका अनुसार ठूला पूर्वाधार संरचनाको भूक्तानीका लागि कागजी प्रकृया नपुगेकोले भूक्तानी हुन बाँकी रहेको हो।
 

समितिका अनुसार ११ हजार ६ सय २३ वटा बीमा दाबी भूक्तानी भइसकेको छ।यो कुल दाबीको ९८ प्रतिशत भूक्तानी हो। विभिन्न कम्पनीले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि बीमा गरेका थिए।भूकम्पका बेलामा बीमा कम्पनीमा १५ अर्ब ९२ करोड रुपैयाँको दावी परेको थियो। दावी मध्ये कम्पनीहरुले ११ अर्ब ९५ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन्। 
 
बीमा कम्पनीले अझै ३७५ वटा बीमाको भुक्तानी गर्न बाँकी रहेको छ। ती कम्पनीले पुर्नबीमाबाट मात्र ७ अर्ब ७९ करोड रुपैयाँ भुक्तानी पाएका छन्। बीमा कम्पनीले आफुले भुक्तानी गरेको रकम मध्ये ४१ प्रतिशत पुर्नबीमाबाट भुक्तानी पाएका हुन्।एभरेष्ट इन्स्योरेन्स र लुम्विनी जनरल इन्स्योरेन्सले भूकम्पबाट भएको क्षतिको दावी भुक्तानी गरिसकेका छन्। एभरेष्ट इन्स्योरेन्सले दावी परेको १४ करोड ८ लाख रुपैयाँ र लुम्विनी जनरल इन्स्योरेन्सले दावी परेको २५ करोड ४४ लाख रुपैयाँ भूक्तानी गरिसकेको समितिले जनाएको छ।

Tata
GBIME
Nepal Life
 
बीमा दावी रकम दावी भुक्तानी बाँकी भुक्तानी
रु लाख रु लाख रु लाख
अग्नी 94,430 79,977 14,453
मोटर 2,083 1,767 316
सामून्द्रिक 10 8 2
इन्जिनियरिङ 27,748 3,058 24,690
विविध 34,930 34,708 222
जम्मा 159,201 119,518 39,683
 
समितिका अनुसार इन्जिनियरिङतर्फ दुर्इ अर्ब ४६ करोड रुपैयाँ दावी गर्न बाँकी छ। इन्जिनियरिङ अन्तर्गत घर अपार्टमेन्ट निर्माणाधीन तथा निर्माण सम्पन्न संरचना पर्छ।युनाइटेड इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ४० प्रतिशत रकम भुक्तानी गर्न बाँकी छ। त्यस्तै नेशनल इन्स्योरेन्स कम्पनीले ६७.५८ प्रतिशत मात्र रकम भुक्तानी गरेको छ। प्रिमियर इन्स्योरेन्स कम्पनीले मात्र ६९.८४ प्रतिशत रकम भुक्तानी गरेको छ।
 
सगरमाथा इन्स्योरेन्सले सबैभन्दा धेरै रकम भूक्तानी गर्न बाँकी छ।ठूला हाउजिङको भूक्तानी गर्न बाँकी रहेकोले धेरै रकम देखिएको हो।यो कम्पनीले २६ करोड ८५ लाख रुपैयाँ बीमा वापतको दाबी भूक्तानी गर्न बाँकी छ।०७२मा गएको भूकम्पको अहिलेसम्म भूक्तानी नहुँदा केही हाउजिङ कम्पनी समस्यामा परेका छन्।

ठूला अपार्टमेन्ट धरै क्षति भएका संरचनाको मात्र भुक्तानी गर्न बाँकी रहेको बीमा समितिका निर्देशक राजु रमण पौडेलले बताए। अपार्टमेन्टमा बीमामा कम्पनी तथा अपार्टमेन्ट संचालकले बुद्धिमता नअपनाउदा भुक्तानी गर्न कम्पनीलार्इ कठिन भएको उनले बताए।

विश्वव्यापी रुपमै ठूला प्राकृतिक प्रकोप हुँदा बीमा कम्पनीले समयमा भुक्तानी गर्न कठिन हुने बीमा कम्पनीका उपनिर्देशक ध्रुब तिमल्सिनाले बताए