डिसहोमले रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल थप्यो, स्पोर्टस च्यानलमा स्वदेशी खेलको लाइभ

बिजमाण्डू
२०७४ असोज ४ गते १७:०४ | Sep 20, 2017
डिसहोमले रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल थप्यो, स्पोर्टस च्यानलमा स्वदेशी खेलको लाइभ
काठमाडौं। डिसहोम मिडिया नेटवर्कले आजदेखि दुर्इ वटा नयाँ च्यानल सुरु गरेको छ। सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले च्यानलको शुभारम्भ गरे। डिसहोमले रमार्इलो टिभी र एक्सन स्पोर्टस च्यानल सुरु गरेको हो।

Tata
GBIME
Nepal Life


डिसहोमको च्यानल नम्बर १०४ मा प्रसारण हुने रमाइलो टिभीमा नयाँ नेपाली हाँस्य श्रृंखला, नेपालीमा अनुवाद गरिएका हिन्दी टेलि श्रृंखला, धार्मिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्री प्रसारण हुने कम्पनीले जनायो।त्यस्तै डिसहोमले च्यानल नम्बर १०५ मा नेपालकै पहिलो स्पोर्टस च्यानल एक्सन स्पोर्टस संचालनमा आउनेछ। नेपालभर आयोजना हुने फूटबल, क्रिकेट लगायतका खेलहरुको प्रत्यक्ष प्रशारण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ‍खेलहरु प्रसारण हुनेछन्। च्यानलले पुर्ण रुपमा खेलकुदका कार्यक्रम प्रसारण गर्नुका साथै देशभरका खेलकुद प्रेमीले प्रत्यक्ष रुपमा खेलकुदका कार्यक्रम हेर्न पाउने छन्।
 
डिसहोमले थपेका नयाँ च्यानल हेर्न ग्राहकले आफ्नो रोजार्इ अनुसारको थप प्याकेज लिनु पर्नेछ। पहिला देखिनै बेसिक, मिडियम, डिलक्स र सुपर एचडी प्लस प्याकेज हेरिरहेका ग्राहकले थोरै रकम थप गरेर प्याकेज लिनु पर्ने डिसहोमले बताएको छ। ग्राहकले नेपाली चलचित्रहरु प्रसारण हुने प्लस मुभी, सांगितिक च्यानल, कार्टुन च्यानल तथा अन्य डिसहोमाका च्यानलहरु हेर्न पाउने भएका छन्। 
 
नेपाली चलचित्रहरु अब घरमा नै बसेर रिलिज भएकै दिनमा हेर्न मिल्ने डिसहोम सिनेमाघरको सेवा पनि डिसहोमले सुरु गरेको छ। डिसहोमले यो सेवा धुम २ र लीला चलचित्र रिलिज भएकै दिन प्रसारण गरिसकेको छ। इच्छुक ग्राहकले चलचित्र प्रसारण हुने दिन एसएमएस पठाएर, फोन गरेर यो सेवा लिन सकिने कम्पनीले जनाएको छ। डिसहोमले निरन्तर नयाँ च्यानल थप्दै जाने र कम्तीमा पनि १० देखि २० वटा आफ्नै च्यानल बनाउने लक्ष्य लिएको छ। 
 
डिसहोमले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारलार्इ खुसीमय बनाउनको लागि उपभोक्ताहरु माझ खुसी अन गरौ नामक योजना ल्याएको छ। यस योजनामा ग्राहकले ५ हजार ९९९ रुपैयाँ पर्ने डिसहोमको हार्इब्रीड एचडी कनेक्सन खरीद गर्दा ३ हजार रुपैयाँ छुट प्राप्त गर्ने छन्। नयाँ ग्राहकले छुट योजना सँगै डिसहोम जोड्दा २ हजार ९९९ रुपैयाँमा पाउने कम्पनीले जनायो।