वीप्रोका कन्जुमर केयरका सिर्इओ अनिल नेपाल आउँदै, नयाँ व्यापार विस्तारको खोजी गर्ने

बिजमाण्डू
२०७४ असोज ३ गते १८:०९ | Sep 19, 2017
काठमाडौं।वीप्रो कन्जुमर केयर बिजेनसका प्रमुख कार्यकारी अधिकृत अनिल चुघ नेपाल आउने भएका छन्।

वीप्रोले आगामी दिनमा गर्ने लगानीका लागि उनले भम्रण गर्न लागेका हुन्।उनले आफ्नो भ्रमणको दौरानमा नेपालको वीप्रोका व्यापारिक एवं खुद्रा साझेदारहरुसँग गहन छलफल गर्नेछन् । यस्तै काठमाडौंमा भविष्यमा वीप्रोको बजार विस्तार गर्न सकिने सम्भावनाका बारेमा पनि चुघले अध्ययन गर्नेछ। वीप्रो कन्जुमर केयरले हाल एशिया र मध्यपूर्वका ५० भन्दा बढी देशहरुमा आफ्नो उपस्थितिलाई मजबुत बनाइसकेको छ।

Tata
GBIME
Nepal Life

३० भन्दा बढी आफ्नै ब्राण्डहरु सहित बलियो पहिचान बोकेको कम्पनीका उत्पादनहरु प्रमुख बजारहरुमा अग्रणी स्थानमा रहन सफल बन्दै आएका छन्। वीप्रोकै एक प्रमुख उत्पादन यार्डली विश्वका ४० भन्दा बढी देशहरुमा बिक्रि हुँदै आएको छ । नेपालमा वीप्रोका उत्पादनहरु मध्ये सन्तूर, ग्लुकोभिटा, इन्च्यान्टेर, यार्डली, रोमानो र सेफ वास बिक्री हुने गरेका छन्।