सिजीले ल्यायो धेरै समय ब्याट्री टिक्ने मोबाइल, १८ सयको मोबाइलमा यस्ता छन् सुविधा

बिजमाण्डू
२०७४ असोज ३ गते १७:५६ | Sep 19, 2017
सिजीले ल्यायो धेरै समय ब्याट्री टिक्ने मोबाइल, १८ सयको मोबाइलमा यस्ता छन् सुविधा
काठमाडौं।होमग्रोन ब्राण्ड सिजी मोवाइल्सले एस्ट्रो टर्च एम वान र एस्ट्रो टर्च एस वान मोबाइलको बिक्री सुरु गरेको छ।कम्पनीका व्यवस्थापन प्रमुख रमेश श्रेष्ठले दुर्इ मोडलका फिचर फोनको ब्याट्री धेरै समय टिक्ने बताए।

Tata
GBIME
Nepal Life


लामो यात्रामा हिड्ने र लामो समयसम्म चार्ज गर्न नपाउनेहरुका लागि यो फोन निकै उपयोगी हुने उनले दाबी गरे। ड्युअल सीम लाग्ने एस्ट्रो टर्च एम वानमा २.४ क्युभिजिए डिस्प्ले जडान गरिएको छ भने एस्ट्रो टर्च एस वनान १.८ क्युभिजिए डिस्प्ले जडान गरिएको छ।

१८०० एमएएच ब्याट्री जडान गरिएको यो मोवाइलमा ग्राहकले माइक्रो एसडी कार्ड मार्फत १६ जिवी सम्म मेमोरी बढाउन सकिने कम्पनीले बताएको छ।मोवाइलमा ट्रीपल लेड टर्चलाइटका साथै जिपीआरएस, ब्लुटुथ, ३.५ एमएमको अडियो ज्याक समावेश गरिएको छ। कालो र रातो रंगमा उपलव्ध एस्ट्रो टर्च एस वानको बजार मूल्य एक हजार ४ सय ९९ रुपैयाँ रहेको छ भने टर्च एम वानको बजार मूल्य एक हजार ७ सय ९९ रुपैयाँ रहेको छ।