महिन्द्रा पिकअपको छुट्टै शोरुम नक्सालमा, नयाँ शोरुममा ग्राहकले पाउनेछन् ‘न्यू एक्सपेरियन्स’

बिजमाण्डू
२०७४ असोज ३ गते १७:३७ | Sep 19, 2017
महिन्द्रा पिकअपको छुट्टै शोरुम नक्सालमा, नयाँ शोरुममा ग्राहकले पाउनेछन् ‘न्यू एक्सपेरियन्स’
काठमाडौं।महिन्द्रा गाडीको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडले नक्सालमा अत्याधुनिक शोरुम खोलेको छ।नक्सालको शोरुममा महिन्द्राको पिकअप गाडी मात्रै बिक्रीका लागि राखिएको छ।

Tata
GBIME
Nepal Life


यो शोरुमको उद्घाटन महिन्द्राको दक्षिण एसिया अन्तर्राष्ट्रिय संचालन प्रमुख अरविन्द म्याथ्यु र उपाध्यक्ष सञ्जय जादबले संयुक्त रुपमा गरे।कम्पनीले प्राइम लोकेशनमा अत्याधुनिक शोरुम खोलेको हो।
 
पछिल्लो समयमा ग्राहक तान्न शोरुममा ठूलो लगानी हुन थालेको छ।महिन्द्राको पिकअप सेग्मेन्टको लागि मात्रै खोलिएको शोरुम अन्तर्राष्ट्रिय स्तरको छ जहाँ ग्राहकले नयाँ ‘एक्सपेरियन्स’ पाउने कम्पनीका बजार प्रवन्धक सिजन न्यौपानेले बताए।शोरुममा स्कर्पियो, बोलेरो क्याम्पर, बोलेरो एफ बि, बिग बोलेरो र बोलेरो म्याक्सी र म्याक्सी प्लस पिकअप बिक्रीका लागि राखिएको उनले बताए।