वीरगंज महानगरपालिकाको मतगणना सुरु, वडा नम्बर १ र ३२ बाट गणना थालिने

बिजमाण्डू
२०७४ असोज ३ गते १५:३६ | Sep 19, 2017
वीरगंज। वीरगंज महानगरपालिकाको मतगणना मंगलबार दिउँसोदेखि बल्ल शुरु भएको छ। हिजै रातिदेखि मतगणना गर्ने भनिए पनि आज दिउँसो बल्ल मतगणना सुरु भएको हो। 
 

महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना गर्न शुरु गरिएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी गराए। सुरुमा मतपेटिकाको सिल फुटाएर पत्र पट्याउने काम भएको र त्यसको केही समयमा मतगणना शुरु गरिने उनले बताए।
 
मतगणनाको लागि चाहिने आवश्यक पूर्व तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले गर्न नसेकोले महानगरको मतगणनामा ढिला भएको हो।३२ वटा भएको महानगरमा एक लाख ८ हजार ५ सय मतदाता छन्। करिब ७३ प्रतिशतको हिसाबले वीरगंज महानगरमा ८० हजार मत खसेको अनुमान छ।

Tata
GBIME
Nepal Life