फूलको प्रयोग बढाउन ब्यवसायीको अभियान, बिमानस्थलमा ५ हजार यात्रुलार्इ फूलका गुच्छा बाँडियो

बिजमाण्डू
२०७४ असोज ३ गते १२:१५ | Sep 19, 2017

काठमाडौं।त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा यात्रुहरुलार्इ स्वागत  तथा विदार्इ गर्दै फूलका गुच्छा वितरण गरिएको छ।
 

Tata
GBIME
Nepal Life

नेपाल फ्लोरीकल्चर एसोसिएसनको रजत जयन्तीको अवसरमा फूल ब्यवसायीहरुले विमानस्थलमा ५ हजारभन्दा यात्रुलाई फूलका गुच्छा दिएर स्वागत र विदाइ गरेका हुन्।
 
फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजुले फूलको ब्यवसायलार्इ प्रवर्द्धन गर्नाकालागि बिमानस्थलमा कार्यक्रम आयोजना गरिएको बताए।
 
अन्तराष्ट्रिय टर्मिनलमा तीन हजार र आन्तरिक टर्मिनलमा  दुर्इ हजार यात्रुहरुलाई गुलाव, जर्बेरा लगायतका अन्य कट फ्लावरहरुको गुच्छा प्रदान गरिएको कसजुले जानकारी दिए।
 
सुख र दू:ख दुबै अवस्थामा प्रयोग हुने फूलको प्रयोगलार्इ ब्यापक बनाउन यस्तो कार्यक्रमको आयोजना गरेको एसोसिएसनले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।