दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी

वसन्तराज उप्रेती/बिजमाण्डू
२०७४ असोज ३ गते १०:१० | Sep 19, 2017
दसैंका लागि हवाइजहाजका सबै टिकट सकिए, अतिरिक्त उडानको तयारी गर्दै कम्पनी
काठमाडौं। दशैंका लागू नियमित उडानको टिकट सकिएपछि वायु सेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने भएका छन्। दसैंका लागि काठमाण्डौंबाट विभीन्न जिल्लाहरुमा जाने टिकट अहिले सकिएको छ। 
 
बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, तारा एयरलाइन्सलगायतका आन्तरिक एडान भर्ने कम्पनीहरुले अतिरिक्त उडान थप्ने जनाएका छन्। कम्पनीहरुले यात्रुको चाप भएको ठाउँमा उडान थप्ने जनाएका छन्।


 
शडकमार्ग अव्यवस्थित भएका कारण छिटो र सहजै यात्रा गर्ने हेतुले यसपाली हवाइ यात्रुहरुको चाप निक्कै बढेको सौर्य एयरलाइन्सकी कर्पोरेट मार्केटिङ अफिसर रोजिना नेपालले बताइन्।
 
नेपालका अनुसार घटस्थापना अघिसम्म सस्तो महङ्गो दुवै किसिमको टिकट वितरण भइरहेको र घटस्थापनापछि महङ्गो टिकट मात्र उपलब्ध हुने थिए। ती टिकट पनि अहिले सकिएका छन्।
 
काठमाडौंदेखि बिराटनगरसम्मको टिकट दर तीन हजार ५ सय, तीन हजार ८ सय, चार हजार, ४ हजार ४ सय, सात हजार ४ सयसम्म छ। भद्रपुरको लागि सस्तो टिकट चार हजार नौ सय रहेको छ र महँगो टिकट आठ हजार नौ सय रुपैयाँ पुगेको छ। यसैगरी नेपालगञ्जका लागि सस्तो टिकट पाँच हजार १ सय छ भने महँगो टिकट नौ हजार ९ सय रुपैयाँ पुगेको नेपालले बताइन्।
 
काठमाडौंबाट हवाइ सेवा लिँदा महंगो भएपनि उपत्यका बाहिरबाट काठमाडौं आउँदा कम शुल्क लाग्ने नेपालले बताइन्।
 
नेपालका अनुसार सौर्य एयरलाइन्सको हवाइ टिकट फुलपातीको अघिल्लो दिनदेखि टिकाको दिनसम्म बुकिङ भइसकेको छ। 
 
दशैंको लागि तारा एयरलाइन्समा पोखरा, जोमसोम, लुक्ला डोल्पा लगायतका विकट स्थानहरुको लागि अग्रीम टिकट बुकिङ भइसकेको र तत्काल टिकट पाउन गाह्रो रहेको रिजरभेसन एसिस्टेन्ट राधा यादवले बताइन्।
  
यादवका अनुसार पोखरा जोमसोमका लागि चार हजार ४ सय ६४, लुक्लाको लागि ६ हजार ६ सय ३० र डोल्पाको लागि ८ हजार ६ सय ५० शुल्क लाग्ने छ।
 
१५ जना प्यासेन्जर अट्ने क्षमता रहेको तारा एयरलाइन्सले सेवाग्राहीहरुको समस्यालाई मध्यनजर राख्दै उडान थप्ने योजना रहेको यादवले बताइन्।
 
दशैंको लागि अग्रीम टिकट बुकिङ भइसकेपछि यति एयरलाइन्समार्फत सेवाग्राहीहरुले एक दुई दिनभित्र टिकट काटिसक्नुपर्ने कम्पनीले जनाएको छ। 
 

Tata
GBIME
Nepal Life