रिलायबल मार्इक्रोफाइनान्सको हकप्रद लिलाममा, हिमालयन इन्स्योरेन्सको हकप्रद बाँडफाड

बिजमाण्डू
२०७४ असोज ३ गते ०९:५३ | Sep 19, 2017
काठमाडौं। रिलायबल मार्इक्रोफाइनान्स वित्तीय संस्थाले जारी गरेर बिक्री नभएको हकप्रद लिलाम गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारि गरेको थियो।
 
यसमध्ये सर्बसाधारण समुहतर्फको नबिकेको दुर्इ हजार ७९७ कित्ता हकप्रद लिलाम बिक्री गर्ने भएको हो।
  
संस्थाले गत असार २५ देखि साउन २९ गतेसम्म दुर्इ लाख ८२ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो।
 
संस्थाको नविकेको हकप्रद लिलामको लागि असोज १७ देखि २५ गतेसम्म बिक्री खुल्ला गर्ने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ। 
 
बोलपत्र आवेदनको लागि संस्थाले न्युनतम मुल्य एक सय रुपैयाँ तोकेको छ। संस्थाले न्युनतम एक सय कितादेखि अधिकतम १० ले भाग जाने अंकमा रहेर सम्पुर्ण कित्ताका लागि आवेदन दिन पाइने जनाएको छ।
  
आवेदन परेका बोलपत्र असोज २६ गते दिउँसो १२ बजे सिभिल क्यापिटल मार्केट सुनधारामा खोलिने संस्थाले जनाएको छ। 
 
त्यस्तै हिमालयन जनरल इन्स्योरेन्सले जारी गरेको चुक्ता पूँजीको १६६ प्रतिशत बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयरमध्ये आवेदन परेको ६३ लाख ४८ हजार कित्ता बाँडफाँड गरेको छ। 
 
कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये ७१ हजार ५३० कित्ता हकप्रद शेयर बिकेको छैन। हकप्रद शेयरको लागि छ हजार ४५ जनाको आवेदन परेको कम्पनीले जनाएको छ।  
 

Tata
GBIME
Nepal Life