४ अंकले झरेको बजारमा कारोबार रकम ५० करोडभन्दा तल, बिशालबजारको कारोबारमा सर्किट ब्रेकर

बिजमाण्डू
२०७४ असोज २ गते १५:५१ | Sep 18, 2017

काठमाडौं।साताको पहिलो दिन दोहोरो अंकले बढेको शेयर बजार सोमबार घटेको छ। शेयर बजार मापक सूचकसंगै कारोबार रकममा पनि भारी गिरावट देखिएको छ। सोमबार कारोबार रकम ५० करोड रुपैयाँबाट तल झरेको छ।

Tata
GBIME
Nepal Life

आइताबार कारोबार मापक सूचक ४.२४ अंकले घटेको छ। मुख्य सूचक संगै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.७४ अंकले घटेर ३२३.९० अंकमा ओर्लिएको छ।

आइतबार १६१ कम्पनीका १० लाख ३५ हजार कित्ता शेयर ४६ करोड ९३ लाख रुपैयाँमा खरिद बिक्री भयो। आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकको शेयर किनबेच भयो। बैंकले दुई करोड ७७ लाख रुपैयाँको कारोबार गर्दै कारोबार रकममा अग्रता लिएको हो।

चाडबाडले छोपेका कारण बजारमा लगानीकर्ताको चहलपहल कम हुँदै गएकोले बजार घटेको र कारोबार रकममा समेत गिरावट आएको दक्षिणकाली इन्भेस्टमेन्ट कम्पनीका निर्देशक दिनेश सापकोटाले बताए।

बजारमा चाडबाडमा पैसा जोहो गर्नेले सोमबार र बुधबार बिक्री गर्दा दशैँ अगाडी भुक्तानी पाउने हुँदा बजारमा बिक्री चाप बढेकाले पनि बजार घटेको सापकोटाको भनाई छ। पछिल्लो दुई दिन बजार बढेकोले तेस्रो दिन थोरै करेक्सन देखिएको सापकोटाले बताए।     
          
उपसूचक मिस्रित देखिएका छन्। बैंक २.५२, होटल २०.०५, विकास बैंक १.६२, फाइनान्स ५.८६, बीमा ७९.६ र अन्य १.७३ अंकले घटेको छ। ट्रेडिङ् २०.७, जलबिद्युत १४.८९, उत्पादनमूलक २.३३ अंकले बढेको छ।

बिशाल बजार कम्पनीले सर्किटमा ह्याट्रिक गरेको छ। गएको बिहीबार कारोबार खुलेको कम्पनीले लगातार तीन कारोबार दिन बढेर सर्किट ब्रेकर लागेको छ। सोमबार कम्पनीको तेस्रो कारोबार दिन १० प्रतिशत मूल्य वृद्धि भयो। बरुण हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा बढी करिब पाँच प्रतिशत घटेको छ।